आन्दोलनरत लगानीकर्तालाई अध्यक्षको लफडा नसकिएसम्म कुर्न बोर्डको आग्रह,लगानीकर्ता उधारोमा सम्झौता नगर्ने भन्दै फर्किए

Sep 13, 2021 05:58 PM merolagani



राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा लगायतको माग गर्दै आन्दोलन गरिरहेका लगानीकर्ता उधारोमा सम्झौता नहुने भन्दै फर्किएका छन्। सोमबार नेपाल धितोपत्र बोर्डसँगको वार्ता पछि आन्दोलनरत लगानीकर्ता उधारोमा सम्झौता नहुने भन्दै फर्किएका हुन्।

सोमबार आन्दोलनरत लगानीकर्तालाईसँग बोर्डका प्रवक्ता नीरज गिरिले वार्ता गरेका थिए। गिरिले  बोर्डमा अहिले अध्यक्ष नभएकोले कुनै पनि निर्णय बोर्ड आँफैले गर्न नसक्ने भएकोले अध्यक्षको नियुक्तिसम्म पर्खन लगानीकर्तालाई अनुरोध गरेका थिए। गिरिको कुरामा सहमति जनाए पनि उधारोमा भने कुनै सम्झौता नगर्ने भन्दै लगानीकर्ता बोर्डबाट बिदा भएका थिए। “आज बोर्डमा निक्कै राम्रो कुराकानी भयो। उहाँले तपाईँहरूका सबै जसो माग जायज छन्। ती मागहरू मध्ये केही माग हामीले नै अग्रसरता लिनु पर्ने खालका छन्। तर यति बेला अध्यक्ष नभएकोले बोर्डले आफै निर्णय गर्ने अवस्था छैन। त्यही भएर केही समय कुरिदिन उहाँले आग्रह गर्नु भयो” बार्तामा सहभागी एक लगानीकर्ताले मेरो लगानीसँग भने।

अर्थमन्त्रीले भने मङ्गलवार मात्रै लगानीकर्तालाई समय दिएका छन्। मङ्गलवार दिउसो दुई बजेको समय पाएका लगानीकर्ताले पहिले अर्थ मन्त्रीलाई भेटेपछि मात्रै गभर्नरलाई भेट्ने जानकारी दिए।  

गत भदौ २१ गते मोटर साइकल र्‍याली गर्दै आन्दोलनको सुरुवात गरेका लगानीकर्ता समूहले २३ गतेदेखि रिले अनसन गरिरहेका छन्। उनीहरूले माइतीघर मण्डलामा रिले अनसनलाई निरन्तरता दिँदै आएका छन्। गभर्नर अधिकारीको राजीनामाको प्रमुख माग सहित अनसनमा बसेका लगानीकर्ताले माग पुरा नभए भदौ ३० देखि आमरण अनसन बस्ने आन्दोलनरत लगानीकर्ताका अगुवा दीपेन्द्र अग्रवालले जानकारी दिए।

 मौद्रिक नीतिमा १२ करोडको क्याप लागेपछि लगानीकर्ता असन्तुष्ट छन्। पूँजी बजार विरोधी नीति ल्याएको भन्दै उनीहरूले राजीनामा सहित निर्देशन सच्याउनु पर्ने प्रमुख माग राखेका छन्।  रामकृष्ण ढकालको संयोजकत्वमा लगानीकर्ताहरूले पूँजी बजार सङ्घर्ष समिति मार्फत माइतीघरमा आन्दोलन गरिरहेका छन्। 

 

 हेर्नुहोस् १८ बुँदे माग

 

 

 





पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।