नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईका लागि आवेदन दिने आज अन्तिम दिन

Sep 14, 2021 07:39 AM Merolagani



नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फण्ड ३ को इकाईका लागि आवेदन दिने आज (भदौ २९ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा एक करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

कम्पनीले बिक्रीमा ल्याएको इकाइमा १ लाख ४ हजार ७७९ जना (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट १२ करोड ६२ लाख ५५ हजार ४० इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको भन्दा २५ प्रतिशत बढी हाे।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।