सांग्रिला डेभलपमेन्टको डिजीटल बैंकिङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न

Sep 14, 2021 10:41 AM Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, मलेखु शाखाले प्रधान कार्यालय बालुवाटार काठमाडौँको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङ्गको सभाहलमा त्यहाँका प्रहरी अधिकृतहरु तथा प्रहरी जवानहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रमुख एंबम प्रहरी उपरिक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा डिजीटल बैंकिङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विशिष्ट अतिथीमा प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारी अतिथीहरुमा प्रहरी निरिक्षक रमेश थापा लगाएतको उपस्तिथीमा सामाजिक दूरी कायम गर्दै कार्यक्रम सम्पन्न भएको बैंकले जनाएको छ। कार्यक्रममा स्वागत मन्तव्य शाखा मलेखुकै कर्मचारी सिमान्त ढुङ्गानाले गरेका थिए भने शाखा कार्यालय, गल्छी, धादिङ्गका शाखा प्रमुख कमलराज शर्माले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा बैंकको मलेखु शाखाका प्रमुख गौरब काफ्लले उक्त विषयमा बोल्दै पहिले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैंकिङ्गको प्रयोगबाट धेरै समयको बचत, पारदर्शी कारोबार र न्युन जोखिम रहने कुरा बताएका थिए। साथै, काफ्लेले कोरोना महामारी (कोभिड १९) रोकथाम एवम् नियन्त्रणका लागि लकडाउन र भौतिक दूरी कायम गर्नुपर्ने भएकाले डिजीटल बैंकिङ्ग कारोबार गर्नेका संख्यामा वृद्धि भएको छ तर अझै प्रविधिको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताए। बैंक खाता खोल्न, खातामा पैसा पठाउन, ऋण आवेदन दिन, विभिन्न महशुल भुक्तानी गर्न, रिर्चाज गर्न लगायतका बैंकिङ्ग सेवाहरु अहिले घरमै बसेर गर्न सकिने कुरा सबैलाई म्यानुअल सहित प्रस्तुत गरेका थिए।

हाल नेपाल राष्ट्र बैंकको नीति अनुसार क्यासलेस कारोबारमा एकै चोटी फड्को मार्न नसके पनि लेस क्यास अर्थात कम नगद प्रयोग तर्फ आफ्ना ग्राहकलाई आकर्षण गरि विद्युतीय भुक्तानी कारोबारलाई बैंकले गहन रुपमा लिएको कुरामा समेत दुइमत नभएको बताए। कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक महेन्द्र खड्काले डिजीटल बैंकिङ्गको महत्व बढिरहेको वर्तमान समयमा यस कार्यक्रमले थप महत्वपुर्ण भुमिका खेलेको कुरा बताउदै नगदरहित कारोबारका लागि सबैलाई आग्रह समेत गरे। उनले बैंकले नाफा मात्रै नहेरी धेरै सामाजिक उत्तरदायित्वको काम गरेर सबैको मनमा बस्न सफल भएकोमा बधाई दिए। खड्काले आफ्नो मातहतका कर्मचारीहरुलाई स्र्माट मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटिएम, फोन पे, डेबिट कार्ड, क्रेडिट कार्ड, रेमिट्यान्स, अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीको महत्व तथा सुविधा साथै समग्रमा डिजीटल बैंकिङ्गको महत्वका बारेमा जानकारी दिइएकोमा मलेखु शाखाका शाखा प्रमुख गौरब काफ्लेलाई सँगसँगै बैंकलाई विशेष धन्यवाद दिए।

कार्यक्रममा काफ्लेले मलेखु शाखाले मात्रै नभई बैंकको देशै भरिका ९६ ओटा शाखा कार्यालयहरुबाट यस किसिमको कार्यक्रम गर्दै वित्तीय सचेतना, विद्युतीय भुक्तानी प्रणालीको महत्व, फाइदाका बारेमा जानकारी दिदै विद्युतीय भुक्तानी गर्न तर्फ प्रोत्साहन गरेको कुरा उल्लेख गरे। अन्त्यमा नेपाली हिन्दुहरुको महान चाड विजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा सबैमा सु–स्वास्थ्य, दिर्घायु एंवम उत्तरउत्तर प्रगतिको शुभकामना दिए र कोरोनाको महामारी कोभिडले फेरि पनि भयावह रुप लिन सक्ने हुँदा यसबाट बच्न स्वास्थ्य सावधानी अपनाइ सकेसम्म डिजिटल बैंकिङ्गको प्रयोग गर्न अनुरोध समेत गरे।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।