यस अवधिमा कम्पनीले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, वाणिज्य बैंकको मुद्धती निक्षेपमा, नेप्सेमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्रमा, कृषि पर्यटन तथा जलस्रोत लगायतका पूर्वाधार, म्युचुअल फण्ड तथा नागरिक लगानी कोष, विकास बैककाे मुद्दती निक्षप र अन्य क्षेत्रमा लगानी गरेको छ ।
कम्पनीले सबैभन्दा धेरै ‘क’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा १३ अर्ब ३८ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । यो कम्पनीको कुल लगानी १६ अर्ब ९६ करोड ४१ लाख रुपैयाँको ७१.७९ प्रतिशत हो ।
कम्पनीले ‘ख’ वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ८० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीले वाणिज्य बैंक र विकास बैंककाे मुद्धती निक्षेपमा मात्रै ८०.२४ प्रतिशत अर्थात १३ अर्ब ८९ कराेड रूपैयाँ लगानी गरेका छन् ।
यस्तै कम्पनीले नेपाल सरकारको ऋणपत्रमा ३० करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्रधिकार शेयर तथा ऋणपत्रमा एक अर्ब ५६ करोड ७ लाख रुपैयाँ, कृषि पर्यटन, जलस्रोत लगायतको पूर्वाधारमा ४९ करोड ४२ लाख रुपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ११ करोड २२ लाख रुपैयाँ र ५१ करोड २२ लाख रुपैयाँ अन्य लगानी रहेको छ ।