गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ९८ प्रतिशत सकियो

Sep 14, 2021 01:42 PM Merolagani



रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो ।

 अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौता अनुसार थाइल्याण्डको एरोथाइ कम्पनीले प्राविधिक पठाए १० दिनमै विमानस्थलको सबै काम सम्पन्न हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ईन्जिनियर प्रवेश अधिकारीले बताए । प्रमुख ईन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फन्सिलिङसँग रिलेटेड कामहरु र फर्निचर फर्निसिङ्सका कामहरु मुख्य बाँकी छन् । उनले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाईल्याण्ड सरकारले प्राविधिकलाई आउन नदिएकोले अड्किएको बताए । प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाईल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख ईन्जिनियर अधिकारीले बताए ।

प्रमुख ईन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले यो टर्मिनल बिल्डिङले मात्र ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रि विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए । प्रमुख ईन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए ।

प्रमुख ईन्जिनियर अधिकारीले विदेशबाट दक्ष जनशक्ति र जहाजसहितको उपकरण ल्याउन नस्क्दा क्यालिब्रेशन फ्लाइट अनिश्चित बनेको बताए । विमानस्थलमा क्यालिब्रेशन फ्लाइट भएको करिव तीन महिनापछि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने जनाइएको छ । राडर र फ्लाइट प्रणाली (धावन र आकाश) को तथ्यांक चेकजाँच गर्न क्यालिब्रेशन फ्लाइट गरिन्छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।