विनियोजन विधेयक पारित

Sep 14, 2021 02:10 PM Merolagani



प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ लाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक २०७८लाई विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकको बहुमतले स्वीकृत गरेको घोषणा गरेका छन् ।

प्रतिनिधि सभाको आगामी बैठक असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।