नाफामुलक ट्रेडर बन्नका लागि के तपाईलाई साँच्चै १० हजार घण्टाको अभ्यास जरुरी छ?

Sep 14, 2021 06:08 PM Merolagani

मूल्यवान चीजहरु सजिलै हात पर्दैनन् र त्यसमा स्टक मार्केट ट्रेडिङ्गमा सफलता पनि पर्दछ।

तर सही ढंगबाट उचित ट्रेडिङ्ग परिणामको आशा गर्न हामीले कति समय र कति गहन प्रयास गर्नुपर्छ?

केही महिनाको ट्रेडिङ्गपछि? आफ्नो प्रारम्भिक पूँजीको केही प्रतिशत नाफापछि? या केही ट्रेड पछि?

१० हजार घण्टा नियम

१० हजार घण्टा नियमलाई बेस्टसेलिङ्ग लेखक माल्कम ग्लेडवेलले आफ्नो पुस्तक आउटलायर्समार्फत प्रख्यात बनाएका थिए।

यसमा ग्लेडवेलले दाबी गरेका छन् कि हप्ताको २० घण्टा, वर्षमा ५० हप्ता १० वर्षसम्म अर्थात १० हजार घण्टाको निर्देशित अभ्यास, ‘महानताको एक  या दुई संख्या हो जहाँ एक व्यक्तिले पेशेवर प्रतिद्वन्दी हुन सक्ने स्तरको दक्षता हासिल गर्दछ।

१० हजार घण्टाको अभ्यासले तपाईको ट्रेडिङ्गमा के प्रभाव पार्न सक्छ?

दश वर्षसम्म ट्रेडिङ्ग गर्दा तपाईले विभिन्न ट्रेडिङ्ग वातावरणहरुसँग परिचित हुने मौका पाउनु हुनेछ।

उदाहरणको लागि, यदि तपाईले सन् २०११ देखि शुरु गर्नुभएको थियो भने, तपाईले युरोपियन डेब्ट क्राइसेस, जापानको न्यूक्लियर मेल्टडाउन र एमटि गक्स ह्याक लगायतका सबै अवस्थाहरु देख्नुभएको होला। तपाईले मार्भेलको आइरन म्यान तल माथि गरेजस्तै धेरै पटक रेञ्जिङ्ग र ट्रेडिङ्ग सेटअप पनि देख्नुभएको होला

त्यस प्रकारको विविध अनुभवसहित दैनिक एक्सपोजर र रिकल मात्रले पनि ट्रेडिङ्ग योजनाहरुलाई राम्रो र छिटो विकास गर्न धेरै मद्दत गर्दछ।

निरन्तर र व्यापक ट्रेडिङ्गले तपाईलाई आफ्नो व्यापारिक तरिका र रणनीतिहरुलाई विकसित गर्न पनि मद्दत गर्दछ। केही समयपछि, तपाईलाई थाहा हुनेछ कि जोखिम सहिष्णुता र व्यक्तित्वका लागि कुन समयावधि, ट्रेडिङ्ग सेसन र उपकरणले राम्रोसँग कार्य गर्छ।

अन्त्यमा, तपाईले आफ्नो ट्रेडिङ्ग करियरका लागि व्यतित गर्नुभएको समय भनेको तपाईले आफ्नो स्वस्थ्य ट्रेडिङ्ग बानीहरु विकास गर्नका लागि दिनुभएको समय हो भन्ने वास्तविकता कम महत्वपूर्ण छैन।

माथि भनिएजस्तै, राम्रो उचित व्यवहार विकास गर्नका लागि समय र बारम्बार गर्न जरुरी छ, तपाईले निरन्तर व्यापक ट्रेड गर्नुभएन भने त्यस्तो बानी विकास हुन सक्दैन।

के तपाईलाई साँच्चिकै १० हजार घण्टा अभ्यासको जरुरी छ?

यदि तपाई यस बारेमा स्पष्ट हुन चाहनुहुन्छ भने, १० हजार घण्टा नियमलाई तपाईले कडा नियमभन्दा पनि निर्देशनको रुपमा लिनुपर्छ।

जेनेटिक्स, घण्टाको तिव्रता र व्यक्तिगत सिकाइ कर्भ जस्ता धेरै कारक तत्वहरुले १० हजार घण्टाको प्रतिफललाई प्रभाव पार्न सक्छ।

तपाईले २० हजार घण्टा ट्रेड गर्न सक्नुहुन्छ तर एकपछि अर्को ट्रेड राख्नु भयो भने तपाईले केही पनि प्राप्त गर्न सक्नुहुन्न।

अर्कोतर्फ, यदि तपाईले ती समय आफ्नो गल्तीहरुबाट सिक्न र आफ्नो ट्रेडिङ्ग प्रक्रियालाई सुधार्न तर्फ केन्द्रित गर्नुभयो भने राम्रो प्रगति गर्न सक्नुहुन्छ।

यसलाई डेलिबरेट प्राक्टिस पनि भनिन्छ, जुन, माथि उल्लेख गरिएको अन्य कारकहरुसँग जोडियो भने त्यसले १० हजार घण्टा नियम अघि एक रेखा बनाउँछ।

डेलिबरेट प्राक्टिस वा सक्रिय विच्छेद, समीक्षा र आफ्नो ट्रेड गर्ने तरिकालाई समायोजन गर्नुले तपाईको सिकाई प्रक्रियालाई तिव्रता दिन्छ।

निरन्तर नाफामुलक ट्रेडर बन्नका लागि १० हजार घण्टा आवश्यक छ भन्ने ठोस प्रमाण नभएपनि, तपाई ट्रेडिङ्गमा सफलता प्राप्त गर्न धेरै समय र प्रयासहरु लगानी गर्न महत्वपूर्ण छ भन्ने कुरालाई नकार्न सक्नुहुन्न।

अन्त्यमा, तपाई आफ्नो सपनालाई पुरा गर्न कति आतुर हुनुहुन्छ र त्यसको लागि कति प्रयास गर्न इच्छुक हुनुहुन्छ त्यसले ठूलो प्रभाव पार्छ।

(बेबीपिप्सबाट अनुवादित)

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।