सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्यमा डिजीटल बैकिङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न

Sep 14, 2021 05:18 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैकको प्रहरी कार्यालय धादिङ्गको सभाहलमा जिल्ला प्रहरी कार्यालय धादिङ्गका प्रहरी अधिकृतहरुसँग डिजीटल बैकिङ्गको महत्व विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैकका मलेखु शाखाका प्रमुख गौरब काफ्लले पहिले जस्तो लामो समयसम्म लाइन बस्नु नपर्ने एटिएम मोबाइल बैकीङ्गको प्रयोगबाट धेरै समयको बचत,पारदर्शी कारोबार र न्यून जोखिम रहने बताए।

साथै काफ्ले कोरोना महामारी (कोभिड १९) रोकथाम एबम नियन्त्रणका लागि लकडाउन र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले डिजीटल बैकीङ्ग कारोबार गर्नेका संख्यामा बृद्दि भएको छ तर अझै प्रविधीको ज्ञानको अभावले प्रभावकारिता आउन भने नसकेको बताए । बैंक खाता खोल्न,खातामा पैसा पठाउन, ऋण आवेदन दिन,विभिन्न महशुल भुक्तानी गनर्, रिर्चाज गर्न लगायतका बैकिङ् सेवाहरु अहिले घरमै बसेर गर्न सकिने उनले बताए।

कार्यक्रममा प्रहरी उपरिक्षक महेन्द्र खड्काले डिजीटल बैकीङ्गको महत्व बढिरहेको बर्तमान समयमा यस कार्यक्रमले थप महत्वपूर्ण भुमिका खेलेको बताए।

सांग्रिला डेभलपमेन्ट बैंकको हाल देशभरी ९६ ओटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन्।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।