तीजको चहलपहल सकिएसंगै कोरोना संक्रमित संख्यामा बृद्धि, २४ घण्टामा १,५६२ जना नयाँ संक्रमित थपिए

Sep 14, 2021 05:27 PM Merolagani



तीजको चहलपहल सकिएसँगै दैनिक कोरोना संक्रमित दरमा बृद्धि हुन थालेको छ । गत सातासम्म दैनिक तीन अंकको संक्रमण दरमा झरेको संख्या केही दिनदेखि निरन्तर उकालो लागेको हो ।

पछिल्लो २४ घण्टामा यो साताकै धेरै एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार २६६ पिसिआर र ४ हजार १७७ एन्टीजेन परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले नियमित अपडेटमा जनाएको छ ।

आज १५ सय ५९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने १९ जनाको निधन भएको मन्त्रालयले उल्लेख गरेको छ । मंगलबार भन्दा केही थोरै सोमबार १४ सय ८६ जनामा नयाँ संक्रमण देखिएको थियो । यस्तै आइतबार ९११ र शनिवार ९९४ जनामा कोरोना संक्रमण देखिएको थियो ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।