तीजको चहलपहल सकिएसंगै कोरोना संक्रमित संख्यामा बृद्धि, २४ घण्टामा १,५६२ जना नयाँ संक्रमित थपिए

Sep 14, 2021 05:27 PM Merolagani



तीजको चहलपहल सकिएसँगै दैनिक कोरोना संक्रमित दरमा बृद्धि हुन थालेको छ । गत सातासम्म दैनिक तीन अंकको संक्रमण दरमा झरेको संख्या केही दिनदेखि निरन्तर उकालो लागेको हो ।

पछिल्लो २४ घण्टामा यो साताकै धेरै एक हजार पाँच सय ६२ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार २६६ पिसिआर र ४ हजार १७७ एन्टीजेन परिक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएको मन्त्रालयले नियमित अपडेटमा जनाएको छ ।

आज १५ सय ५९ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् भने १९ जनाको निधन भएको मन्त्रालयले उल्लेख गरेको छ । मंगलबार भन्दा केही थोरै सोमबार १४ सय ८६ जनामा नयाँ संक्रमण देखिएको थियो । यस्तै आइतबार ९११ र शनिवार ९९४ जनामा कोरोना संक्रमण देखिएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।