भारतीय शेयर बजार बढ्ने क्रम जारी, सेन्सेक्स ५९००० विन्दु नजिक, निफ्टी १७५५० भन्दा माथि

Sep 16, 2021 11:38 AM Merolagani



साताको अन्तिम कारोबार दिन भारतीय शेयर बजार नयाँ रेकर्डसहित खुलेको छ। पहिलो पटक सेन्सेक्स ५८,८८१ विन्दु र निफ्टी १७,५३९ विन्दुमा खुलेको हो।

अहिले सेन्सेक्स १६० अंकले बढेर ५८,८८० मा र निफ्टी ३५ अंकले बढेर १७,५५० मा कारोबार भइरहेको छ। सेन्सेक्स बिहान ५८,९०८ को स्तरसम्ममा पुगेको थियो।

समायोजित ग्रस राजस्व अर्थात् एजीआरमा ४ वर्षको समय पाइसकेपछि यस दिन भोडाफोनको शेयर १५ प्रतिशत बढेर १०.२६ रुपियाँमा कारोबार भइरहेको छ। एसबीआईको शेयर पनि ४४३ रुपियाँ पुगेको छ। एसबीआई र एयरटेलको मार्केट क्याप ४–४ लाख करोड रुपैयाँ नाघेको छ।

सेन्सेक्सका ३० वटा शेयरमध्ये १२ वटा शेयर बढिरहेका छन् र १८ शेयर रातो अंकमा कारोबार भइरहेका छन्। जसमा आईटीसी शेयर ६ प्रतिशत र इंडसइन्ड बैंकको शेयर ४ प्रतिशतभन्दा बढि बढेर कारोबार भइरहेको छ। त्यसैगरी, एनटीपीसीको शेयर लगभग १ प्रतिशत घटेको छ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।