भारतीय शेयर बजार बढ्ने क्रम जारी, सेन्सेक्स ५९००० विन्दु नजिक, निफ्टी १७५५० भन्दा माथि

Sep 16, 2021 11:38 AM Merolagani



साताको अन्तिम कारोबार दिन भारतीय शेयर बजार नयाँ रेकर्डसहित खुलेको छ। पहिलो पटक सेन्सेक्स ५८,८८१ विन्दु र निफ्टी १७,५३९ विन्दुमा खुलेको हो।

अहिले सेन्सेक्स १६० अंकले बढेर ५८,८८० मा र निफ्टी ३५ अंकले बढेर १७,५५० मा कारोबार भइरहेको छ। सेन्सेक्स बिहान ५८,९०८ को स्तरसम्ममा पुगेको थियो।

समायोजित ग्रस राजस्व अर्थात् एजीआरमा ४ वर्षको समय पाइसकेपछि यस दिन भोडाफोनको शेयर १५ प्रतिशत बढेर १०.२६ रुपियाँमा कारोबार भइरहेको छ। एसबीआईको शेयर पनि ४४३ रुपियाँ पुगेको छ। एसबीआई र एयरटेलको मार्केट क्याप ४–४ लाख करोड रुपैयाँ नाघेको छ।

सेन्सेक्सका ३० वटा शेयरमध्ये १२ वटा शेयर बढिरहेका छन् र १८ शेयर रातो अंकमा कारोबार भइरहेका छन्। जसमा आईटीसी शेयर ६ प्रतिशत र इंडसइन्ड बैंकको शेयर ४ प्रतिशतभन्दा बढि बढेर कारोबार भइरहेको छ। त्यसैगरी, एनटीपीसीको शेयर लगभग १ प्रतिशत घटेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।