नेप्से घट्दा शेयर किन्दै नागरिक स्टक डिलर

Sep 17, 2021 05:33 PM MeroLagani



नेप्से दिनदिनै घट्दै गइरहेको बेला नेपालको एक मात्र स्टक डिलर कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेड भने शेयर खरिदमा व्यस्त रहेको छ । हुन त बजारमा बिक्री चाप बढ्दा खरिद गर्न र बजारमा खरिद चाप बढ्दा शेयर बिक्री गर्ने उद्देश्यले नै स्टक डिलरको गठन गरिएको हो । 

पछिल्लो समय बजार प्यानिक अवस्थामा रहेको बेला पनि नागरिक स्टक डिलरले शेयर खरिद दर बढाएको विगत १५ दिनको तथ्यांकले देखाउँछ ।गत सेप्टेम्बर ५ अर्थात भदौ २० गते नेप्से परिसूचक १०८.१६ अंकले घटेर २८१८.७३ विन्दुमा पुगेको बेला नागरिक स्टक डिलरले ४४ करोड ४८ लाख रुपियाँको शेयर खरिद गरेको देखिन्छ । त्यस्तै गरी भदौ २३ गतेको कारोबारमा पनि ६० अंकले गिरावट आएर २८७६।५९ विन्दुमा पुग्दा खेरि पनि १४ करोड ७८ लाख रुपियाँको शेयर खरिद गरेको देखिन्छ । भदौ २४ गते पनि १० करोडको शेयर खरिद नै गरेको तथ्यांकले देखाउँछ ।

बुधबार १८.५४ अंकले नेप्से घट्दाखेरि नागरिक स्टक डिलरले ३१ करोड ८७ लाख र बिहीबार नेप्से ७६।६५ विन्दुले घट्दा पनि स्टक डिलरले २३ करोड ५३ लाख रुपियाँको शेयर खरिद गरेका छन् । नेप्से परिसूचकमा भारी गिरावट आउँदा नागरिक स्टक डिलरले अत्यधिक शेयर खरिद नै गरेको तथ्यांकले देखाउँछ । १२ कारोबार दिनको तथ्यांक केलाउँदा नागरिक स्टक डिलरले २ अर्ब ६९ करोड रुपियाँको शेयर खरिद गरेर ८१ करोड रुपियाँको मात्र शेयर खरिद गरेका छन् । मेरो लगानीले १२ कारोबार दिनको तथ्यांक केलाउँदा हरेक दिन शेयर बिक्री भन्दा खरिद परिणाम बढी देखिन्छ भने ५ कारोबार दिनमा त शेयर बिक्री शून्य नै रहेको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।