नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको बुकक्लोज

Sep 17, 2021 08:32 AM Merolagani



नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

यी दुबै योजनाहरुले असोज ११ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्ड (NEF) ले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यी दुबै फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।