नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको बुकक्लोज

Sep 17, 2021 08:32 AM Merolagani



नबिल ब्यालेन्स्ड फण्ड २ (NBF2) र नबिल इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

यी दुबै योजनाहरुले असोज ११ गते बुकक्लोज गर्ने भएका छन्। यस अनुसार असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी दुबै योजनाले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्ड (NEF) ले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

यी दुबै फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।