दुई महिनामा ११ सय किलो सुन आँउदा पनि बजारमा अभाव बढ्दै, कोटा बढाउन दबाव दिँदै व्यवसायी

Sep 17, 2021 03:44 PM Merolagani

रबिन पाैडेल

सुनको आयात बढे पनि बजारमा भने सुनको अभाव देखिएको छ। चाडपर्वको बेला सुनको खपत बढेकोले बजारमा अभाव भएको भन्दै व्यवसायीले केन्द्रीय बैंकलाई सुन आयातको कोटा बढाउन दबाव दिन थालेका छन्।

नेपाल राष्ट्र बैंकले केही महिना अघि अर्थात गत चैतमा १० केजीको सीमालाई बढाएर २० केजी पुर्याएको थियो तर अहिले उक्त २० केजीको सीमाले पनि बजारको अभाव टार्न नसकेको अवस्था छ। अहिले व्यवसायीले बैंकबाट दैनिक २० केजी सुन लिन पाँउछन्। तर चार्डपर्वको समयमा दैनिक ४० केजीभन्दा धेरै सुन खपत हुने भन्दै यो सीमाले नपुग्ने व्यवसायीहरु बताउँछन्।

चार्डपर्वको लागि सुनको माग बढ्दा बजारमा अभाव देखिएको उनीहरु बताउँछन्। सुनको अभाव तीज अघिदेखि नै छ। तीज अघिदेखि नै कतिपय सुन पसलले सुनको अभाव देखाउँदै ठूला अर्डर लिन आनाकानी गर्दै आएको अवस्था थियो। उनीहरुले आफुहरुले नै महासंघले तोकेको भन्दा धेरै रकम तिरेर सुन खरिद गर्नु परेको भन्दै ठूला अर्डर लिन मानेका थिएनन्।

अहिले पनि दशैँ नजिकिदै गर्दा बजारका फेरि सुनको अभाव चुलिन थालेको देखिन्छ। विशेषगरी चार्ठपर्व र विवाहको सिजनमा सुनको माग बढी हुने गर्छ। यस्तो समयमा सुनको आयातको कोटा बढाउनुपर्ने व्यवसायीहरु बताउँछन्।

"दशैँ अगाडि सुनको अभाव नै छ। दशैँ तिहारमा सुन अभाव गरेर हुदैन," सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिक रत्न शाक्यले मेरो लगानीसँग भने "राष्ट्र बैंकको कार्यविधिमा बढी चाँहिदा बढी नै खोल्ने र कम चाँहिदा कमै खोल्ने व्यवस्था थियो तर राष्ट्र बैंकले बजारमा अभाव हुँदा समेत सुन आयातको कोटा बढाएको छैन।"

राष्ट्र बैंकले सुन आयातको कोटा नबढाएपछि केन्द्रीय बैंकलाई सुन आयात बढाउनको लागि दबाव दिन व्यवसायीहरु बुधबार केन्द्रीय बैंक नै पुगेका थिए। बुधबार केन्द्रीय बैंकमा पुगेर सुन आयात बढाउन आग्रह गरिएको उनीहरू बताउँछन्।

लकडाउनमा सुनको माग निकै कम थियो। लकडाउन खुलेसँगै सुनको माग बढ्दा गत वर्ष पनि सुनको आयात उच्च रुपले बढेको थियो। गत आर्थिक वर्षमा तीन हजार एक सय ६८ किलो सुन आयात भएको थियो। यो अघिल्लो बैंकको तुलनामा करीव ९२ प्रतिशतले धेरै हो। अहिलेसम्मको तथ्याङ्क हेदा चालु आर्थिक वर्षमा सुन आयात यो भन्दा पनि धेरैले बढ्ने देखिन्छ।

चालु आर्थिक वर्षको दुई महिनामा बैंकहरुले ११ सय किलो सुन व्यवसायीलाई बिक्री गरिसकेका छन्। बैंकहरुसँग अझै एक सय किलो भन्दा धेरै सुन स्टक रहेको छ।

गत आर्थिक वर्षभरीमा आयात भएको सुनको करीब आधा सुन चालु आर्थिक वर्षको दुई महिनामा नै आयात भइसकेको छ। यही अनुपातमा सुनको आयात बढ्दै गएमा चालु आर्थिक वर्षमा सुनको आयात निकै बढ्ने देखिन्छ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना नै ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ बराबरको सुन आयात भएको थियो। एक महिनामा ४५८ किलो सुन आयात भएको विभागको तथ्याङ्कले देखाउँछ। दोस्रो महिना सुनको आयात अझै धेरै बढेको छ। तर विभागले दोस्रो महिनाको विवरण भने प्रकाशित गरिसकेको छैन्।

गत आर्थिक वर्षको दशैंसम्ममा बैंकहरुले जम्मा १०० किलो सुन आयात गरेका थिए। लकडाउनको कारण सुनको माग बढ्न नसकेपछि बैंकहरुले सुन ल्याएका थिएनन। तर चालु आर्थिक वर्षको सुरुवातदेखिनै सुनको आयात उच्च देखिन्छ।

गत साउन महिनामा १० करोड रुपैयाँभन्दा धेरैको सुनका गहना निर्यात समेत भएको छ। तर आयातको तुलनामा निर्यात निकै कम छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।