यस्ता छन् २५० सीसी सेग्मेन्टका लोकप्रिय मोटरसाइकल, कुनको मूल्य कति ?

Sep 18, 2021 01:17 PM Merolagani



मोटा टायर, ठूलो आवज, उच्च गति र पावर, डिजिटल फिचर यी र यस्तै विशेषताले नेपाली बजारमा २५० सेग्मेन्टमा नयाँ पुस्तालाई तानिरहेको छ । २५० सीसी सेग्मेन्ट भन्ने वितिकै उच्च क्षमताको दुईपाँग्रे सवारी लाइ नै चिनिन्छ ।

पछिल्लो समय युवा पुस्ताले मोटरसाइकलमा पावर नै खोज्ने गरेका छन । जुन २०० सीसी भन्दा माथिकै बाइकमा हुने गर्छ ।

अहिले हेर्ने हो भने अघिकांश दुईपाँग्रै सवारी विक्रेता कम्पनीले २५० सेग्मेन्टका बाइक नेपाली बजारमा ल्याएका छन । सडकमा पनि यी मोटरसाइकलको बाहुल्यता पछिल्लो पटक देखिदै आएको छ ।

खासगरी १५० सेग्मेन्टका बाइक बजारमा धेरै देखिन्छन् । रोजाइमा पनि परेको पाइन्छ । तर, पावर र उच्च पर्फमेन्सका लागि २५० सेग्मेन्टका बाइक लोकप्रिय बन्दै गएका छन ।

नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै उत्साहप्रद नभए पनि विभिन्न कम्पनीहरुले यो सेग्मेन्टको कारोबार गर्दै आइरहेका छन् । हाल यामाहा, बजाज, सुजुकी, होन्डा र सिएफ मोटो, केटिएम, क्रसफाएर, बेनेली लगाएतका कम्पनीले २५० सेग्मेन्टका बाइकलाई नेपाली बजारमा ल्याएका छन ।

२५० सेग्मेन्टमा मुख्यत युवा पुस्ता सिफ्ट हुँदै गएका छन । ४ लाख भन्दा बढी मूल्य हुने यस्ता बाइक प्रायः स्पोर्टी लुक्समा उपलब्ध छन् ।

यस्ता छन २५० सेग्मेन्टका मोटरसाइकल

अहिले नेपालमा बजाज डोमिनार २५० ले निकै चर्चा पाइरहेको छ । २४८.७७ सीसी इन्जिन क्षमताको यो बाइकको मूल्य नेपाली बजारमा ५ लाख ८ हजार तोकिएको छ । यो बाइकमा ट्विन स्पार्क एफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २७ पीएस र टर्क २३.५ एनएम रहेको छ ।

त्यसैगरी यो सेग्मेन्टमा यामाहाका एफजेट २५ नेपाली बजारमा लोकप्रिय छ । बजारमा पनि राइडरहरुले यो बाइकलाई रुचाएका छन ।

२४९ सीसी क्षमता, स्पोर्टी लुक्सको फेजर–२५ को मूल्य ४ लाख ४७हजार रहेको छ । एफआई इन्जिन जडान यो बाइकको अधिकतम पावर २०.८ पीएस र टर्क २०.१ एनएम रहेको छ ।

२५० सीसी सेग्मेन्टमा सबैभन्दा महंगो मोटरसाइकल होन्डा सीबीआर २५० आर पनि नेपाली बजारमा लोकप्रिय छ । मूल्य ६ लाख ७९ हजार रुपैयाँ तोकिएको छ । केही समयअघि यो बाइकको कारोबार निकै राम्रो थियो, तर पछि कम मूल्यका प्रतिस्पर्धी ब्रान्ड थपिए पछि हाल यसको बजार प्रभावित भएको छ ।

यो बाइकमा २४९.६ सीसी क्षमताको इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.१५ बिएचपी र टर्क २२.९ एनएम रहेको छ ।

सुजुकी जिक्सरको २ वटा भेरिएन्ट यो सेग्मेन्टमा उपलब्ध रहँदै आएको छ । जिक्सर एसएफ र मोटो जिपी २४९ सीसी इन्जिन क्षमतामा उपलब्ध छन् । जसमध्ये एसएफ मोडलको मूल्य ५ लाख १ हजार र जिक्सन २५०को मूल्य ४ लाख ६५ हजार तोकिएको छ ।

डुअल च्यानल एबीएस जडान गरिएको यसमा फोर स्ट्रोक, सिंगल सिलिन्डरयुक्त आयलकुल्ड इन्जिन जडान गरिएको छ । यी बाइकको अधिकतम पावर २६.५ पीएस र टर्क २२.२ एनएम रहेको छ ।
पछिल्लो समय २५० सेग्मेन्टको बाइमा ड्यूक २५०पनि यवाको रोजाइमा पर्दै आएको छ । एग्रेसिभ लुक्स, पावरफुल र नयाँ फिचर भएकालेपनि बजारमा लोकप्रिय छ ।

यो मोटरसाइकलले पावर ३२ पीएसर टर्क २४.९ एनएम पावर दिन्छ । नेपाली बजारमा ड्युक २५०को मूल्य ५ लाख ८९ हजार तोकिएको छ ।

त्यसैगरी होन्डा सआरएफ २५० एल, बेनेली २५० टीएनटी, इटाल्जीट २५० आई, क्रसफाएर पनि नेपाली बजारमा लोकप्रिय मोटरसाइकल हुँन । बिशेषगरी डर्ट बाइक नेपाली सडकमा कुदेको देखिन्छ ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।