दशैंमा सांग्रिलाको उपहार, मुद्धति आकर्षक ब्याजदर

Sep 18, 2021 01:09 PM Merolagani



सांग्रिला डेभलपमेन्ट बैंकले (SADBL) व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत (९.५ प्रतिशत व्याजदरमा ०.५ प्रतिशत थप प्रिमियम सहित) ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ ।

बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।

दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको छ । यसको अर्थ सांग्रिला डेभलपमेन्ट बैंकको व्यक्तिगत मुद्धति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउनेछन् ।

यसका साथै बैंकले संस्थागत मुद्धति पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

 




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।