देशभर थपिए ७३४ जना काेराेना संक्रमित,घट्न थाल्याे दैनिक संक्रमण दर

Sep 19, 2021 05:17 PM Merolagani



पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७,३०४ जनामा गरिएको पीसीआर परीक्षणमा ६५६ जना र २,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७८ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित अपडेटमार्फत जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाले ज्यान गुमाएका छन् भने एक हजार ४१३ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २४१ जना नयाँ संकमित थपिएका छन् । आइतबारको थप संकमण पछि देशभर स्रक्रिय संक्रमित संख्या २४ हजार ३१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।