देशभर थपिए ७३४ जना काेराेना संक्रमित,घट्न थाल्याे दैनिक संक्रमण दर

Sep 19, 2021 05:17 PM Merolagani



पछिल्लो २४ घण्टामा थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७,३०४ जनामा गरिएको पीसीआर परीक्षणमा ६५६ जना र २,७०९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७८ जनामा संक्रमण देखिएको मन्त्रालयले नियमित अपडेटमार्फत जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाले ज्यान गुमाएका छन् भने एक हजार ४१३ जनाले कोरोना जितेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २४१ जना नयाँ संकमित थपिएका छन् । आइतबारको थप संकमण पछि देशभर स्रक्रिय संक्रमित संख्या २४ हजार ३१३ जना पुगेको मन्त्रालयले जनाएको छ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।