नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 20, 2021 08:57 AM Merolagani



नेपाल ल्यूब आयल (NLO) को लाभांश सुरक्षित गर्ने आज (असोज ४ गते) अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज ५ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सो सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सोही प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्न लागेको हो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।