नेपाल ल्यूब आयलको मूल्य समायोजन

Sep 21, 2021 08:35 AM Merolagani



असोज ५ गते मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल ल्यूब आयल (NLO) को शेयरमूल्य समायोजन गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीको यस दिन ३० प्रतिशत बोनस शेयर समायोजन भएको हो। यद्यपि, नेप्सेले सूचनामा भने १० प्रतिशत समायोजन गरिएको उल्लेख गरेको छ। सूचनामा १० प्रतिशत लेखिएपनि समायाेजन भने ३० प्रतिशतकाे नै गरिएकाे छ।

समायोजनपश्चात कम्पनीको शेयरमूल्य २४३ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार कम्पनीको शेयर प्रतिकित्ता ३१६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते साधारण सभा डाकेको छ। सो सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सोही प्रयोजनार्थ कम्पनीले असोज ५ गतेदेखि १८ गतेसम्म बुकक्लोज गरेको हो।

समायोजित मूल्यका आधारमा मंगलबार कम्पनीको शेयर कारोबार खुल्नेछ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।