सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति?

Sep 21, 2021 11:21 AM Merolagani



मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । असोज ५ गते, सुन तोलामा ३०० रुपैयाँमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको तथ्यांक अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले ओरालो लागेर ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले प्रतितोला एक हजार १४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । साेमबार भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १३५ रुपैयाँ तोकिएको थियो।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।