सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति?

Sep 21, 2021 11:21 AM Merolagani



मंगलबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । असोज ५ गते, सुन तोलामा ३०० रुपैयाँमा बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघको तथ्यांक अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुन तोलामा २०० रुपैयाँले ओरालो लागेर ८८ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी मंगलबार चाँदीको भाउ पनि उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले प्रतितोला एक हजार १४० रुपैयाँमा खरिदबिक्री हुँदैछ । साेमबार भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार १३५ रुपैयाँ तोकिएको थियो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।