निक्षेप संकलनमा बैंकबीच अस्वस्थ्य प्रतिस्पर्धा, बढी ब्याज दिने गरी पैसा ‘खोसाखोस’ को स्थितिमा पुगे बैंक

Sep 21, 2021 03:44 PM Merolagani

अहिले बैंकलाई लगानीयोग्य रकम (तरलता) को अभाव छ । यस्तो बेलामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देखि सामान्य कर्मचारी र बैंक सञ्चालकसम्म निक्षेप संकलन कसरी गर्ने भन्ने चिन्तामा छन् ।

लगानीयोग्य रकमको अभावका कारण बैंकको व्यापार व्यवसाय नै खुम्चिने अवस्था आएको छ । बैंकहरुबीच निक्षेप संकलनमा प्रतिस्पर्धा नै चलेको छ ।

एक बैंकले अर्को संस्था वा व्यक्तिबाट लिने तयारी गरिरहेको रकम तेस्रो पक्षले उम्काउने अवस्था समेत आएको छ । तीन दिन अघि एक बैंकका सिइओले नाम नवताउने शर्तमा भने, ‘पछिल्लो समय बैंकिड क्षेत्रमा झन धेरै विश्वासको संकट आएको छ’, उनले भने, ‘यसअघि अन्य क्षेत्रमा यस्तो विश्वासको संकट थियो, अहिले त्यो रोग बैंकिड क्षेत्रमा समेत फैलिएको छ ।’

ती सिइओका अनुसार,बैंकमा लगानीयोग्य रकमको अभावको खडेरी परेपछि यस्तो विश्वासको संकट झन झागिँदै गएको हो । ‘हाम्रो बैंकले एउटा संस्थाबाट २५ करोड ऋण लिनका लागि मौखिक रुपमा सहमति थियो’, उनले आफ्नो बेदना पोख्दै भने ‘त्यसको अर्को दिन अर्को बैंकले केही बढी ब्याज दिने शर्तमा उक्त संस्थाबाट पैसा लगेछ ।’ पछिल्लो समय सरकारी ढुकुटीमा रहेको रकम समेत खर्च नभएपछि बैंकहरुले लगानीयोग्य रकमको चर्को अभाव खेप्दै आएका छन् ।

स्वदेशी संस्था तथा व्यक्तिबाट निक्षेप संकलन गरी बैंकहरुले ऋण दिने गर्छन् । तर, पछिल्लो समय त्यसरी निक्षेप संकलन गर्न नसकेपछि बैंकहरुवीच निक्षेप खोसाखोसको स्थितिमा पुगेका छन् ।

निक्षेप जति संकलन हुन्छ त्यत्ति नै ऋण प्रवाह भइहाल्ने स्थिति छ । कोरोना भाइरसको संक्रमण तुलनामा सुधार हुँदै गएको लगायतका कारण बैंकबाट ऋण लिएर लगानी गर्ने त्रम तीब्र रुपमा बढेको बिज्ञहरुको भनाइ छ ।

लगानीको वातावरण सहज बन्दै गएकाले सेवा क्षेत्र, जलविद्युत व्यापारिकलगायत प्रत्येक क्षेत्रमा ऋणको माग बढेको बैंकरको भनाइ छ पछिल्लो समय कर्जाको माग अत्यधिक हुन थालेको एक बैंकरले बताए । ‘आपूर्तिभन्दा ऋणको माग अत्यधिक बढी छ,’ उनले भने, ‘माग र आपूर्तिबीचको असन्तुलनले समस्या पारेको छ ।’

निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा आक्रामक देखिएका बैंकहरु लगानीयोग्य रकमको समस्यामा छन् । धेरैजसो बैंकको कर्जा–निक्षेप–पुँजी अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत माथि पुगेको छ । केही बैंक बाहेक धेरै बैंकले कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता अभाव हुन नदिन विभिन्न उपकरणमार्फत सुधारका कदम चाले पनि यस क्षेत्रको समस्या समाधान हुन सकेको छैन । सरकारले अपेक्षित रुपमा विकास खर्च गर्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकमको अभाव हुँदै आएको विज्ञहरुको भनाइ छ ।

सरकारी ढुकुटीमा जम्मा भएर बसेको रकम खर्च हुने हो भने तरलता अभाव सहज हुने बैंकरको भनाइ छ । अहिले करिव २ खर्ब रुपैयाँ सरकारी ढुकुटीमा रहेको रकम खर्च नभएकै कारण समस्या आएको उनीहरुको बुझाइ छ ।

चालु आर्थिक वर्षको बजेट प्रतिनिधिसभाबाट पारित भएको र उक्त बजेट राष्ट्रिय सभाबाट पारित भइ राष्ट्रपतिबाट लालमोहर लागेपछि सरकारी ढुकुटीमा रहेको रकम विस्तारै खर्च भएर बैंकिङ प्रणालीमा आउने र त्यो रकमले तरलताको अभाव कम हुने आकलन गर्न थालिएको छ । यसो भयो भने निरन्तर ओरालो लागेको शेयर बजार पनि उकालो लाग्ने अनुमान गरिएको छ ।

पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन तथा कर्जा विस्तारमा असन्तुलन देखिएको छ । चालु आर्थिक वर्ष सुरुमा तरलताको अभाव केही कम भएजस्तो देखिए पनि अहिले आएर फेरि चर्किएको छ ।

केही बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पुर्याएका छन् । धेरै बैंकले मुद्दती निक्षेपमा ८ देखि ९ प्रतिशतको हाराहारीमा ब्याज दिएर निक्षेप संकलन गरिरहेका छन् । सार्वजनिक सूचना मार्फत कम ब्याजदरमा निक्षेप संकलन गर्ने बताएपनि ठूलो रकम निक्षेप संकलन गर्नेलाई आपसी सहमतिका आधारमा बढी ब्याज दिने गरी बैंकले रकम खोसाखोस गर्न थालेका छन् । यसले पनि बैंकहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा बढ्न थालेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।