सामान्य अंक बढेर २७०० विन्दु माथि बन्द भयो बजार, झण्डै साढे ७ अर्बको शेयर कारोबार

Sep 21, 2021 03:27 PM Merolagani



मंगलबार नेप्से सूचक सामान्य अंकले बढेर २७०० विन्दु माथि देखिएको छ। बजार खुल्ने वित्तिकै उच्च अंकको गिरावट देखिएपनि अन्तिम समयमा भने बजार सम्हालिन खोजेको देखिन्छ।

यस दिन नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अंकले बढेको छ। मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।

मंगलबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेकाे छ भने रु रु जलविद्युतको ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४.६६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२८ प्रतिशत, महुली सामुदायीक लघुवित्तको ३.९९ प्रतिशत र सोल्टी होटलको ३.७३ प्रतिशतले बढेको छ।

यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.२६ प्रतिशत, माउन्टेन इनर्जी २.९४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको २.९१ प्रतिशतले घटेको छ।

मंगलबार अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै २५ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नविल बैंककको २० करोड ५६ लाख, इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ४६ लाख, हिमालयन डिस्टिलरीको २० करोड १९ लाख र अपि पावरको १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने ४ उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा लगानी उपसमूह र जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।