मंगलबार १,३३० जनामा कोभिड १९ पुष्टि, १,८३० जना संक्रमणमुक्त

Sep 21, 2021 04:21 PM Merolagani



मंगलबार थप एक हजार ३३० जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार ९ हजार ६२६ पीसीआर परीक्षणमा एक हजार ३६ जना र तीन हजार ९९६ एन्टिजेन परीक्षणमा २९४ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण निधन हुनेको संखया भने पाँच रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार सोहि अवधिमा एक हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौंका २६१ जना, ललितपुरका ९८ जना र भक्तपुरका ४३ जना गरि उपत्यकाका ४०२ जना छन् । 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।