रु रु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Sep 22, 2021 09:08 AM Merolagani



रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) को लाभांश सुरक्षित गर्ने आज (असाेज ६ गते) अन्तिम दिन हो। कम्पनीले लाभांश वितरण तथा १५ औं र १६ औं वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बिहीबार बुक क्लोज गर्ने भएको छ।

यस अनुसार आजसम्म नेप्सेमा काराेबार भइ कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ। सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२ प्रतिशत नगद लाभांश र २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर सोबापत लाग्ने कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश हुनेछ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ। सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेकाे छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।