प्रि ओपन सेसन अपडेटः करिब ८ अंक बढ्यो नेप्से

Sep 22, 2021 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ८ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १३.८३ अंक बढेर २७१२.०७ विन्दुमा पुगेको बजार यस दिन सो सेसनमा ७.८४ अंक बढेर २७१९.९१ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५९ अंक बढेको छ।

यस दिन प्रि ओपन सेसनमा २१ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।