कृषि तथा पशुपन्छी बीमामा सरकारकाे करिब डेढ अर्बको अनुदान

Sep 22, 2021 01:08 PM Merolagani



कृषि पशुपन्छी बीमामा सरकाले करिब डेढ अर्ब रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको अन्यसम्ममा कृषि तथा पशुपन्छी बीमा वापत सरकारले एक अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार सरकारले कृषि बीमाको लागि ११ करोड ३४ लाख ८८ हजार रुपैयाँ र पशुपन्छी बीमाको लागि १ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ गरी सो बराबरको रकम भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षसम्म सरकारले कृषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको ७५ प्रतिशत अनुदान दिदै आईरहेको थियो । केपी ओली नेतृत्व सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश मार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा कृषि बीमाको अनुदान २५ प्रतिशतले झारेर ५० प्रतिशत कायम गरेको थियो ।

त्यसलाई प्रतिस्थापन विद्येयक मार्फत ३० प्रतिशतले बढाए अर्थमन्त्री जर्नादन शर्माले चालु आर्थिक वर्ष देखि कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिने जनाएका छन् ।

यस अवधीमा निर्जीवन बीमा कम्पनीहरुले ५ हजार १६९ वटा कृषि बीमालेख र १ लाख ८२ हजार १६८ वटा पशुपन्छी बीमालेख गरी १ लाख ८७ हजार ३३७ वटा बीमालेख जारी गरेका छन् ।

त्यसबाट निर्जीवन बीमा कम्पनीहरुले ४२ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बीमांक बराबरको १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २१ हजार ६७६ वटा दाबी वापत ६७ करोड ५ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।