कृषि तथा पशुपन्छी बीमामा सरकारकाे करिब डेढ अर्बको अनुदान

Sep 22, 2021 01:08 PM Merolagani



कृषि पशुपन्छी बीमामा सरकाले करिब डेढ अर्ब रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको छ । गत आर्थिक वर्षको अन्यसम्ममा कृषि तथा पशुपन्छी बीमा वापत सरकारले एक अर्ब ४२ करोड ६६ लाख रुपैयाँ बराबरको अनुदान रकम भुक्तानी गरेको हो ।

बीमा समितिको तथ्यांक अनुसार सरकारले कृषि बीमाको लागि ११ करोड ३४ लाख ८८ हजार रुपैयाँ र पशुपन्छी बीमाको लागि १ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ गरी सो बराबरको रकम भुक्तानी गरेको छ ।

गत आर्थिक वर्षसम्म सरकारले कृषि तथा पशुपन्छी बीमामा कुल बीमाशुल्कको ७५ प्रतिशत अनुदान दिदै आईरहेको थियो । केपी ओली नेतृत्व सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अध्यादेश मार्फत ल्याएको चालु आर्थिक वर्षको बजेटमा कृषि बीमाको अनुदान २५ प्रतिशतले झारेर ५० प्रतिशत कायम गरेको थियो ।

त्यसलाई प्रतिस्थापन विद्येयक मार्फत ३० प्रतिशतले बढाए अर्थमन्त्री जर्नादन शर्माले चालु आर्थिक वर्ष देखि कृषि तथा पशुपन्छी बीमामा ८० प्रतिशत अनुदान दिने जनाएका छन् ।

यस अवधीमा निर्जीवन बीमा कम्पनीहरुले ५ हजार १६९ वटा कृषि बीमालेख र १ लाख ८२ हजार १६८ वटा पशुपन्छी बीमालेख गरी १ लाख ८७ हजार ३३७ वटा बीमालेख जारी गरेका छन् ।

त्यसबाट निर्जीवन बीमा कम्पनीहरुले ४२ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बीमांक बराबरको १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २१ हजार ६७६ वटा दाबी वापत ६७ करोड ५ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।