न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, सबै योग्य आवेदकले शेयर पाए

Sep 22, 2021 06:19 PM Merolagani



न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले भदौ १ गते देखि १५ सम्म आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको शेयर बुधबार बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा ३ हजार ८५९ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३ हजार ८५७ जना योग्य आवेदन परेको छ ।

कम्पनीको आईपीओमा आवेदन गर्ने योग्य सबै आवेदकले शेयर पाएका छन् । सबै आवेदकले न्यूनतम १० कित्ता देखि १४० कित्त सम्म शेयर पाएका हुन् ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ (साविक खुदी गाविसका वडा नं. १, २, ३ र ६ मात्र) तथा मस्र्याङ्दी गाउँपालिका वडा नं. ६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु) का स्थानिय बासिन्दाहरुका लागि ५ लाख कित्ता र सो क्षेत्र बाहेक लमजुङ जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

बाँकी ३ लाख कित्ता भने कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि निष्काशन गरेको थियो ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।