गत साता सामान्य अंक बढेको बजार, यस साता के होला?

Sep 26, 2021 06:36 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २८१२.३८ विन्दुमा बन्द भएको नेप्से, गत साता ७.२७ अंक बढेर २८१९.६५ विन्दुमा बन्द भएको छ।

तिव्र उतारचढावका बीच नेप्सेले सो अंक कमाउन सफल भएको हो। गत साताको बजारलाई बैंक तथा वित्तीय संस्थाहरुको नयाँ ब्याजदरले प्रभावित गरेको थियो। बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढेको सूचना प्रकाशित गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो। यद्यपि पछिल्ला तीन कारोबार दिनमा भने नेप्सेमा सुधार देखिएको थियो।

गत साताको अन्तिम कारोबार दिन नेप्सेमा बियरिश पिन बार बनेको छ। यसले बजारमा करेक्सन हुनसक्ने संकेत गर्दछ। यद्यपि, साप्ताहिकमा भने बुलिश पिन बार बनेको छ। जसले गत साता बिक्रीकर्ताहरु रिजेक्ट भएको र खरिदकर्ताहरु हाबी हुन थालेको संकेत गर्दछ।

यस साता नेप्से परिसूचक ओरालो लागेमा २७०० विन्दुमा टेवा पाउने देखिन्छ। त्यसैगरी, उकालो लागेमा भने ३००० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ

नेप्सेको ५ दिने इएमए २० दिने इएमएभन्दा अझै तल नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम अझै कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्त्यतिर भने ५ दिने इएमए केही माथि आउन खोजिरहेको देखिन्छ।

नेप्सेमा सामान्य सुधार देखिएपनि गत साता भोल्यूममा भने सुधार देखिएको छैन। गत साता नेप्सेमा दैनिक औषतमा ७ खर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो। यससँगै नेप्सेको २० दिने औषत भोल्यूम ९ खर्ब १८ करोड पुगेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १८.९५ प्रतिशत कम हो।

बैंकिङ्ग उपसमूह

गत साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक बढेको थियो। अघिल्लो साता १९०७.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक गत साता ६०.५७ अंक बढेर १९६८.१२ विन्दुमा बन्द भएको थियो।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २०४० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८८० विन्दुमा टेवा पाउने देखिन्छ।

बैंकिङ्ग उपसमूहको ५ दिने इएमए पनि २० दिने इएमएभन्दा तल नै रहेको छ। यसले बजारमा बाइङ्ग मोमेन्टम कमजोर रहेको र बिक्रीकर्ता हाबी रहेको संकेत गर्दछ।

विस्तृत प्राविधिक विश्लेषण मेराेलगानी न्यूजलेटरमा

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताहरुले लगानीको निर्णय गर्नु अघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।