डिप्रोक्स लघुवित्तको मूल्य समायोजन

Sep 28, 2021 07:53 AM Merolagani



असोज १२ गते, मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) मूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

यस दिन डिप्रोक्सको २० प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य १ हजार ३८८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६६६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको थियो।

लघुवित्तले चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २३ गते बिसौँ वार्षिक साधारण सभा डाकेको छ। लघुवित्तले चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे सभा डाकेको हो।

यसका साथै, डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्ने कार्य अघि बढाउन नसक्ने भएकोले हालसम्म भएका सम्पूर्ण कार्य अनुमोदन गर्ने, अन्य लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थाको समूह ‘ख’ साधारण शेयरधनीहरुमध्येबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ।
मंगलबार समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुल्नेछ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।