ट्रेडिङ्ग लस सामना गर्ने सबैभन्दा खराब तरिका

Sep 28, 2021 06:08 PM Merolagani



घाटा अटल छ। यो, सूर्य पूर्वमा उदाई पश्चिममा अस्ताउँछ भन्ने जस्तै यथार्थ हो।

ढिलो होस् या चाँडो, हरेक ट्रेडरले हारको तितो स्वाद चाख्नै पर्ने हुन्छ। तर,तपाईले कुनै चिन्ता गर्नुपर्दैन। सबैभन्दा उत्कृष्ट व्यक्ति पनि एक पटक लड्छ।

उदाहरणका लागि विश्वको प्रख्यात लगानीकर्ता वारेन बफेटलाई लिऔँ। एक अन्तरवार्ताका क्रममा, एकपटक उनले बार्कशेयर हाथवेको शेयर खरिद गर्नु नै सबैभन्दा खराब ट्रेड भएको बताएका थिए। उनी याद गर्छन् कि जब उनी नराम्रो ट्रेडमा पैसा लगाएर डुबेका थिए उनले आफ्ना भावनाहरुलाई आफु भित्रको उत्कृष्ट निकाल्नका लागि प्रयोग गरे।

जर्ज सोरोस–अर्का एक सफल लगानीकर्ता तथा प्रख्यात दिग्गज व्यवसायी–उनीसँग पनि नोक्सानी बराबर शेयर छ। १९८७मा, उनको फण्डले ३०० मिलियन अमेरिकी डलर नोक्सानी व्यहोरेको थियो र जब यूएस हाउजिङ्ग मार्केट क्र्यास भएको बेला बाँकी वर्षको लागि कम प्रतिफलको सामना गर्नुपर्यो।

१९९८ मा रुसको ऋण संकटले उनलाई २ बिलियन अमेरिकी डलर नोक्सानी दियो। एक वर्षपछि, जब उनले गिरावटमा दाउ लगाएका थिए, तब उनलाई टेक बबलमा फेरी ७०० मिलियन अमेरिकी डलरको नोक्सानी भयो। त्यसपछि उनले आफु त्यसबाट मुक्त हुन चाहे र वृद्धिको अपेक्षा गरिरहेका थिए, तर जब बजार बढ्यो उनलाई त्यसबाट उठ्न करिब ३ बिलियन डलर खर्च लाग्यो।

एक ट्रेडरले नोक्सानीको सामना गर्ने सबैभन्दा खराब तरिका भनेको त्यसको बारेमा उदासीन हुनु हो

जब नोक्सानी हुन्छ तब आफ्नो भावनाहरुलाई न उच्च राख्नु हुन्छ न न्यून राख्नु हुन्छ, आफ्नो भावनालाई स्थिर राख्नुपर्छ। सबै कुरा सकियो भन्ने भावनाले आफुलाई उदासिन बनाउँछ जसले ट्रेडरलाई अनुभवबाट सिक्नबाट बञ्चित गर्दछ।

एकजना यस्तो ट्रेडर छ जो सबै प्रकारको ट्रेडिङ्ग प्रणालीको अनुभव लिन चाहन्छ। उनी आफ्नो लागि कुन उपयुक्त छ भन्ने कुरा हेर्न हरेक ट्रेडिङ्ग प्रणालीको दर्जनौँ परीक्षण गर्न चाहन्छ। अन्त्यमा, उनलाई सोधियो कि के उनले आफुलाई मनपर्ने प्रणाली छनोट गर्यो?

उनले कुनै छनोट नगरेको बताए। जब किन भनेर उनलाई सोधियो तब उनले भने, ‘जब म कुनै एक छनोट गर्छु, त्यसले केही समयको लागि काम गर्छ, त्यसपछि घाटा हुन शुरु हुन्छ।’

त्यसपछि, त्यसको प्रतिक्रियामा उनले के गरे भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जब त्यसले काम गर्छ छोड्छ, म त्यसलाई त्यहीँ छोड्छु र अर्कोतर्फ लाग्छु।’

यस प्रकारको दृष्टिकोणले तपाईले ट्रेडरको रुपमा विकसित हुन मद्दत गर्दैन किनभने त्यहाँ आत्मनिरीक्षणको कम छ।

यो पूर्ण रुपमा बेकार छ। यसलाई सिक्ने मौकाको रुपमा लिनुको सट्टा नोक्सानीलाई छोड्नुको अर्थ एक ट्रेडरको रुपमा विकसित हुने ठूलो मौका गुमाउनु हो।

कल्पना गर्नुहोस् कि यदि राइट ब्रडर्सले आफ्नो पहिलो उडान मेशिन जमिनमा उतार्न असफल भइसकेपछि हार मानेको भए, मानविय उडानका लागि सायद अधिक समय लाग्न सक्थ्यो।

त्यस्तै, भनिन्छ, थमस एडीसन विद्युतिय चिम बनाउन सफल हुनुभन्दा पहिले १० हजार पटक असफल भएको थिए। तर, अन्त्यमा उनले सफलता प्राप्त गरे।

यी व्यक्तिहरुमा एक समानता थियो, त्यो हो उनीहरुले पछिल्लो असफलतालाई अपनाए र अन्तमा आफ्नो लक्ष्य प्राप्त गर्नका लागि उपयोग गरे।

जब ट्रेडिङ्गको कुरा आउँछ, तब पनि हामीले त्यही दृष्टिकोण अपनाउनु पर्छ। ‘त्यसले काम गरेन’ भन्नु मात्र पर्याप्त छैन।

उदासिनताले आफ्नो सम्भावित वृद्धिलाई मर्न दिनु हुँदैन। त्यसको सट्टा तपाईले आफ्नो नोक्सानीलाई ध्यानपूर्वक जाँच गर्नुपर्ने हुन्छ र आफुले के गल्ती गर्यो, त्यो निर्धारण गर्नुपर्छ। आफुले के राम्रो गर्न सक्नुहुन्थ्यो, आफैलाई सोध्नुहोस् र त्यो जानकारीलाई सिक्न र सुधार गर्न प्रयोग गर्नुहोस्।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।