न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन गर्नु अघि कस्तो छ कम्पनी? हेरौं

Oct 01, 2021 05:46 AM Merolagani

न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (असोज १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गेरको शेयरमा असोज १९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज ३१ गतेसम्म म्याद थप हुनेछ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ।

औषत जोखिम जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।

केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई २०७७ असोज २३ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहन्छ।

कस्तो कम्पनी हो?

न्यादी हाइड्रोपावर लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०७३ फागुण १७ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा पब्लिक लिमिटेडको रुपमा दर्ता भई २०६४ फागुण २६ गतेदेखि कारोबार सञ्चालन गर्दै आईरहेको छ।

कम्पनीको रजिष्ट्रार कार्यालय गंगा देवी मार्ग–३१३ बुद्धनगर काठमाडौंमा रहेको छ। कम्पनी अन्तर्गतको न्यादी जलविद्युत आयोजनाको कार्यालय भने मर्स्याङदी गाँउपालिकाको वडा नं. ६ मा रहेको छ।

कम्पनीले रन अफ रिभरमा आधारित ३० मेगाबाट क्षमताको न्यादी जलविद्युत आयोजनाको विकास निर्माण गररहेको छ। हाल आयोजनाको ९९ प्रतिशत भौतिक कार्य सकिएको कम्पनीले जनाएको छ।

आयोजनाको कुल लागत ६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत २० करोड ३९ लाख रुपैयाँ लाग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ जारी गर्नुको उद्देश्य

कम्पनीले जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँको २७ प्रतिशत अर्थात ४० करोड ५० लाख रुपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता (स्थानिय बासिन्दा १५ लाख र संस्थापक शेयरधनीका कर्मचारीहरुलाई ३ लाख कित्ता सहित) शेयर निष्काशनमा ल्याएको छ।

आईपीओ निष्काशन गरेर संकलन भएको पूँजी कम्पनीले सिभिल हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माण कार्य गरे बापत ठेक्दारलाई भुक्तानी गर्नेछ। कम्पनीले ठेक्दारलाई आईपीओ निष्काशन गरेर संकलन भएको सबै रकम अर्थात ४० करोड ५० लाख रुपैयाँ भुक्तानी गर्ने जनाएको छ।

पूँजी संरचना: आईपीओ जारी पछि चुक्ता पूँजी एक अर्ब ५० करोड पुग्ने

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी दुबै १ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७३ प्रतिशत र सर्वसाधारणको २७ प्रतिशत कायम हुनेछ।

तीन वर्षमा सञ्चित नाफा २७ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा २७ करोड ११ लाख रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ८ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो।

यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ मा पनि कम्पनी ७ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा जाने कम्पनीले प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०७९/८० मा भने कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ नाफा कमाउने जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ६२ पैसा र प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७९ पैसा पुग्ने कम्पनीले प्रक्षेपण गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ ९९ पैसा र प्रतिशेयर आम्दानी १ रुपैयाँ ८७ पैसा ऋणत्मक रहेको थियो।

आयोजनाको अनुमानित कुल लागत ६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ र प्रतिमेगाबाट लागत २० करोड ३९ लाख रुपैयाँ लाग्ने कम्पनीले प्रक्षेपण गरेको छ।

साधारणतर्फ लगानी फिर्ता हुने अवधि ७.७३ वर्ष रहेको छ भने डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १३.८२ वर्ष रहेको छ।

सञ्चालक समितिमा काे काे छन्?

कम्पनीको सञ्चालक समितिमा ५ जना रहने व्यवस्था रहेको छ। संस्थापक शेयरधनीको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र एक जना स्वतन्त्र गरी ५ को सञ्चालक समिति रहने व्यवस्था छ। सञ्चालकहरुको कार्यकाल ४ वर्षको हुनेछ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा बुटवल पावरको तर्फबाट प्रतिनिधित्व गर्ने ओम प्रकाश श्रेष्ठ रहेका छन्। यस्तै, बुटवल पावरकै तर्फबाट प्रदिप कुमार श्रेष्ठ र विजय बहादुर श्रेष्ठ पनि सञ्चालक समितिमा छन्। लमजुङ्ग विद्युत विकास कम्पनीको तर्फबाट राम बहादुर गुरुङ्ग पनि सञ्चालक समितिमा रहेका छन्।

हाल सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना मात्रै रहेका छन्। सर्वसाधारणलाई आईपीओ निष्काशन पछि सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालक चयन गर्ने कम्पनीले जनाएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य रहेका छन्। नेपाल विद्युत प्रधिकरणमा विभिन्न तहमा रहेर ३१ वर्ष काम गरेका उनी यस अघि अपर त्रिशुली थ्रीए मा निमित्त आयोजना निर्देशक थिए।

भावी योजना तथा रणनीति

कम्पनीले न्यादी जलविद्युत आयोजना निर्माण गरी संचालन गर्ने रहेको विषयलाई उच्च प्राथमिकतामा राखेको छ। अन्य जलविद्युत आयोजनामा लगानी समेत गर्न सक्ने भएको हुँदा कम्पनीले न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेर यस आयोजनालाई सुचारुरुपमा सञ्चालन गर्ने र आयोजना निर्माणको क्रममा लिएका ऋण सुविधाहरु भुक्तानी गर्ने जनाएको छ।

साथै, कम्पनीले आफ्नो पूँजी तथा दायित्व समेतलाई विचार गरी आफ्नो उद्देश्य प्राप्तिका लागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजना कम्पनीहरुमा लगानी गर्न पनि योजना बताएको छ। यस कार्यका लागि कम्पनीले सम्भाव्य आयोजनाहरुको पहिचान गर्ने, त्यस्ता आयोजना कम्पनीहरुको अध्ययन गर्ने र त्यसमा लगानी गर्न उपयुक्त भए नभएको निक्र्योल गर्ने र लगानी गर्न उपयुक्त लागेका आयोजनामा लगानी गर्ने रणनीति अख्तियार गरिने कम्पनीको योजना छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।