भारत सरकारले एयर इन्डिया बिक्री भएको खबरकाे खण्डन गर्‍यो, टाटाले किनेको विषयमा कुनै निर्णय नभएको प्रष्टाेक्ति

Oct 01, 2021 03:47 PM merolagani



भारत सरकारले आफ्नो ध्वजा बाहक विमान कम्पनी एयर इन्डिया बिक्री गरेको समाचारको खण्डन गरेको छ। सरकारले बिमान बिक्री गर्ने विषयको कुनै निर्णय नभएको प्रष्टाेक्ति दिएको छ।

तर स्रोतहरुका अनुसार भारत सरकारले विमान बेचेको खबर लुकाएको भएपनि  टाटा ग्रुपलाई शेयर बिक्री गरिसकेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

यस अघि एयर इन्डिया अब टाटा ग्रुपको भएको खबर आएको थियो। खबरमा भारत सरकारले बोल कबोलमा टाटा सन्सले लगाएको मूल्य स्वीकार गरेको छ। सरकारले एयर इन्डियाको शतप्रतिशत शेयर बिक्रीको लागि बोल कबोल आह्वान गरेको थियो। एयर इन्डियाको अर्को कम्पनी एयर इन्डिया सैट्सको पनि सरकारले ५० प्रतिशत हिस्सा  बिक्री गर्ने छ।

बोलकबोलमा टाटा ग्रुपले स्पाइस जेटका अध्यक्ष अजय सिंह भन्दा करिब तीन हजार करोड रुपैयाँ भन्दा बढी कबाेलेका थिए।  एयर इन्डियाको बोल कबोलकाे अन्तिम दिन सेप्टेम्बर १५ तारिखसम्म थियो। सुरुवात देखिनै टाटा ग्रुपले एयर इन्डिया खरिद गर्ने अनुमान गरिएको थियो।  

एयर इन्डिया सन् १९३२ मा टाटा ग्रुपले सुरुवात गरेको कम्पनी हो। टाटा समूहका जे.आर.डी.टाटा यसका संस्थापक थिए। त्यति बेला यसको नाम टाटा एयर सर्भिस राखिएको थियो। १९९८ सम्ममा कम्पनीले घरेलु उडानको सुरुवात गरेको थियो। दोस्रो विश्व युद्ध पछि उक्त कम्पनी सरकारी कम्पनी भएको थियो। भारत स्वतन्त्र भएपछि सरकारले यसको ४९ प्रतिशत शेयर किनेको थियो।

एयर इन्डियाको सम्झाैतामा मुम्बईस्थित हेड अफिस र दिल्लीको एयरलाइन्स हाउस पनि समावेश भएकाे बताइएकाे छ। मुम्बई अफिसको मार्केट भ्यालु १५ सय करोड भन्दा बढी छ। हाल एयर इन्डियाले भारतमा ४४ सय र विदेशमा १८ सय ल्यान्डिङ र पार्किङ स्टल कन्ट्रोल गर्ने गर्छ।

अत्यधिक ऋणको भारले थलिएको एयर इन्डियालाई बिक्री गर्न भारत सरकार असफल हुँदै आएको थियो। सन् २०१८ मा सरकारले ७६ प्रतिशत हिस्सेदारी बेच्नको लागि बोल कबोल आह्वान गरेको थियो। तर त्यति बेला सरकारले व्यवस्थापन भने आफैँ राख्ने शर्त राखेको थियो। तर उक्त शर्तका कारण कसैले पनि खरिद गर्न चासो नदिएका कारण सरकारले व्यवस्थापनसहित  एयर इन्डिया बिक्री गरेको हो। 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।