'रूचि सोयाको शेयर किन्नुस र समाधिमा बस्नुहोस्' भन्ने बाबा रामदेवकाे भिडियाेमा आपत्ति,सेबिले सचेत गरायाे

Oct 03, 2021 05:54 PM MeroLagani

सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)ले बाबा रामदेवलाई सावधान गराएको छ । बाबा रामवेदले रुचि सोया इन्डस्ट्रिजको एफपीओमा सार्वजनिक रुपमा प्रचार गरेर शेयर किन्न आह्वान गरेका थिए ।

रुचि सोया नुट्रेला ब्रान्डका विभिन्न सामानहरु उत्पादन गर्ने कम्पनी हो । सन् २०१९ मा टाट पल्टेको उक्त कम्पनीलाई पतञ्जली आयुर्वेदले स्वामित्वमा लिएका थिए । रुचि सोयाले एफपीओमार्फत ४५ सय करोड भारु उठाउने अनुमति पाएको छ । पतञ्जली आयुर्वेद गु्रप शेयर बजारमा सुचीकृत छैन तर रुचि सोया शेयर बजारमा सुचीकृत कम्पनी हो । रामदेव रुचि सोया कम्पनीको गैर कार्यकारी सञ्चालक हो ।

अहिले भारतमा योगगुरु रामदेवले योग सिकाउँदै गर्दाको एक भिडियो एकदम भाइरल भएको छ । भिडियोमा रामदेवले भनेका छन् –‘म तपाईहरुलाई करोडपति बनाउने एउटा मन्त्र दिन्छु । अहिले डिम्याट खाता खोल्नुहोस । त्यसपछि रुचि सोयाको शेयर किन्नुस र समाधिमा बस्नुहोस् ।’

आफै संस्थापक रहेको कम्पनीको एफपीओको प्रचार गर्दा झुटो वाचा गरेर एफपीओ बिकाउन प्रचार गरेको सेबीको कथन छ । नियामक निकायको मापदण्ड उल्लंघन भएको जनाउँदै सेबीले सार्वजनिक निष्काशनको विज्ञापन गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भविष्यमा कुनै नगद वा अरु लाभ प्राप्त हुने कुराको प्रचार गर्नु हुँदैन । सेबीका अनुसार सार्वजनिक निष्काशनमा जाँदा सेबी नियमावलीअनुसार सार्वजनिक सञ्चारमा गर्नुपर्ने मापदण्ड विपरित बाबा रामदेवले सार्वजनिक समारोहमा रुचि सोयाको प्रचार गरेको बताइएको छ ।

रुचि सोया एफपीओ रकम कम्पनीको ऋण तिर्न उपयोग गरिने जनाइएको छ । यसले कम्पनीको संस्थापाक शेयरधनीको अंशलाई घटाउने छ । अहिले संस्थापक शेयरधनीको अंश ९८.९ प्रतिशत छ । रुचि सोयाको शेयर सन् २०२० मा २ सय गुणा बढेको थियो । सन् २०२१ पनि यो कम्पनीको शेयर ५६ प्रतिशतले वृद्धि भइसकेको छ । टाट पल्टेको रुचि सोया कम्पनीलाई पताञ्जली आयुर्वेदले टाटपल्टने सम्बन्धी नियम (आइबीसी) अन्तर्गत रहेर आफू मातहत ल्याएकोृ थियो । पताञ्जली मातहत आएपछि कम्पनीको शेयर मूल्यले आकाश छुन थालेको हो । २०१९ नोभेम्बरदेखि २०२० जनवरीसम्म आइबीसी अन्तर्गत शेयर कारोबार रोक्का थियो । बजारमा कम्पनीको १.१ प्रतिशत शेयर मात्रै कारोबार लागि उपलब्ध छ । बजारका विज्ञहरुले यसले कम्पनीको उचित शेयर मूल्य निर्धारण गर्न रोक लगाउने बताए । एफपीओ निष्काशन भएर सुचीकरण भइसकेपछि भने कम्पनीले उचित मूल्य पाउने छ ।

नेपालमा खुला प्रचार, छैन सेबाेनकाे राेकताेक

भारतमा एफपीओको क्रममा रहेको कम्पनीको प्रचार गरेबापत् कम्पनीका संस्थापकलाई चेतावनी दिइन्छ तर नेपालमा भने आइपीओ खुलेका कम्पनीहरुले खुलम खुला रुपमा प्रतिशत नै तोकेर यति उति प्रतिशत लाभांश दिने भनेर प्रचार गर्ने गर्दछन् । धेरै प्रचारमा रहेको सर्वोत्तम सिमेन्टले नै साधारण शेयरधनीलाई १५–२० प्रतिशतसम्म लाभांश दिन सक्ने प्रचार गरेको थियो । सेबिले कुनै कम्पनीको प्रचार गर्दा विवरण पत्रमा दिइएको भन्दा बढी बढाई चढाई गर्न नहुने भनेको छ ।

यसैगरी नेपालमा फेसबुक, भाइबरलगायतका सामाजिक सञ्जालका गु्रपहरुमा पनि कुनै कम्पनी किन्नलाई सिफारिस र कुनै कम्पनी नकिन्नलाई सावधानी गरिएको थुप्रै पोस्टहरु पाइन्छ । ठूला लगानीकर्ता भनिएका एक लगानीकर्ताले खुला रुपमै गोर्खा फाइनान्स, नेपाल इन्स्योरेन्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, आइसीएफसी फाइनान्स र मेगा बैंक जस्ता कम्पनीको शेयर किन्न सामाजिक सञ्जाल फेसबुक, भाइबर समूह र पछिल्लो समय आएको क्लब हाउसमार्फत व्यापक प्रचार गरेका थिए । शेयर बजार भनेको जोखिमको क्षेत्र रहेको मिडियामा समाचार आउँदा पनि एउटै समाचार विभिन्न पक्षलाई हाइलाइट गरेर आउने हुँदा व्यक्ति व्यक्तिलाई हेरेर लगानीकर्ताले निर्णय लिन नहुने शेयर विश्लेषक रविन्द्र भट्टराईले बताए । कुनै कम्पनीको शेयर किनबेच गर भनेर कम्पनीसँग सम्बन्धित व्यक्तिले सिफारिस गर्न नहुने र आइपीओ/एफपीओ निकाल्दा पनि सेबोनमा बुझाएको विवरण पत्र भन्दा बाहिर गएर प्रचार गर्न नहुने बताए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।