सारथी नेपाल लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँमा एफपीओ निष्काशन गर्ने

Oct 04, 2021 07:56 AM Merolagani



सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) ले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो।

लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँका दरले ३ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नेछ।

लघुवित्तकाे एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकककाे काम एनएमबी क्यापिटलले गर्नेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।