सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

Oct 04, 2021 07:46 AM Merolagani



असोज १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावर (SHPC) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। सामायोजनपश्चात कम्पनीको शेयरमूल्य ४०६ रुपैयाँ ३६ पैसा तोकिएको छ। कम्पनीले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर प्रतिकित्ता ४४७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्न कात्तिक ७ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ।

सोमबार यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ।




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।