सानिमा माइ हाइड्रोपावरको शेयरमूल्य समायोजन

Oct 04, 2021 07:46 AM Merolagani



असोज १८ गते, सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माइ हाइड्रोपावर (SHPC) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। सामायोजनपश्चात कम्पनीको शेयरमूल्य ४०६ रुपैयाँ ३६ पैसा तोकिएको छ। कम्पनीले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार कम्पनीको शेयर प्रतिकित्ता ४४७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्न कात्तिक ७ गते दशौँ वार्षिक साधारण सभा डाकेको छ।

सोमबार यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर कारोबार खुल्नेछ।




तिहार बिदापछिकाे पहिलाे काराेबार दिन कतिमा हुँदैछ सुन र चाँदीकाे काराेबार?

Oct 26, 2025 11:01 AM

कार्तिक ९ गते, आईतबार, तिहार पछिको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि गिरावट भएको छ । यस दिन सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २६५ रुपैयाँले घटेको छ ।