नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

Oct 04, 2021 10:29 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।

असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।