२४ घण्टामा थप १,०३० जनामा कोभिड १९ पुष्टि, १,००० जना संक्रमण मुक्त

Oct 04, 2021 07:05 PM Merolagani



पछिल्लो २४ घण्टामा थप एक हजार ३० जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार पाँच हजार ८९३ पीसीआर परीक्षणबाट ८१२ जनामा र चार हजार ९८१ एन्टिजेन परीक्षणबाट २१८ जनामा संक्रमण देखिएको हो ।

सोमबार नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने १० जना रहेका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा एक हजार जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २६६ जना, ललितपुरका ६२ जना र भक्तपुरका ३८ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ६ रहेको छ ।




वाणिज्य बैंकहरूको वित्तीय विश्लेषणः नबिल नाफामा अगाडि, एभरेस्टको लाभांश क्षमता उच्च

Aug 16, 2026 07:24 AM

नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन्। विवरण अनुसार वाणिज्य बैंकहरूको समग्र स्थितिमा निकै उतारचढाव देखिएको छ।