मेरो माइक्रोफाइनान्सले २१ प्रतिशत लाभांश वितरण गर्ने, बोनस कति?

Oct 05, 2021 10:36 AM Merolagani

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये २० प्रतिशत बोनस शेयर रहेको छ भने १.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

comments powered by Disqus

सान्जेन जलविद्युत कम्पनीले साधारण सभा बोलायो

Dec 05, 2021 05:21 PM

सान्जेन जलविद्युत कम्पनी (SJCL) ले ११ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस १३ गते, स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।