फेसबुक डाउन हुँदा जुकरबर्गलाई सात खर्ब रुपैयाँ नोक्सानी, शेयर बिक्री ५ प्रतिशत गिरावट

Oct 05, 2021 12:21 PM merolagani



करिब ७ घण्टा फेसबुक, म्यासेन्जर र इन्टाग्राम बन्द हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई ६ बिलियन डलर (नेपाली सात खर्ब रुपैयाँ ) नोक्सानी भएको छ ।

 अन्तराष्ट्रिय सञ्चारमाध्यम फक्स बिजनेशका अनुसारका ८ घण्टामात्रै फेसबुक डाउन हुँदा अर्बपतिको सूचीबाट दुई स्थान समेत तल झरेका छन ।

नेपाली समय अनुसार मंगलबार राती १० बजेदेखि संसारभर फेसबुक सञ्चाल अवरुद्ध भएको थियो ।

त्यसैगरी, अमेरकी सेयरबजारमा फेसबुकको शेयर बिक्री ५ प्रतिशत गिरावट आएको समेत अन्तराष्ट्रिय सञ्चार माध्यमको भनाई छ ।

 साथै, जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलरमा समेत आएकाे छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।