फेसबुक डाउन हुँदा जुकरबर्गलाई सात खर्ब रुपैयाँ नोक्सानी, शेयर बिक्री ५ प्रतिशत गिरावट

Oct 05, 2021 12:21 PM merolagani



करिब ७ घण्टा फेसबुक, म्यासेन्जर र इन्टाग्राम बन्द हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई ६ बिलियन डलर (नेपाली सात खर्ब रुपैयाँ ) नोक्सानी भएको छ ।

 अन्तराष्ट्रिय सञ्चारमाध्यम फक्स बिजनेशका अनुसारका ८ घण्टामात्रै फेसबुक डाउन हुँदा अर्बपतिको सूचीबाट दुई स्थान समेत तल झरेका छन ।

नेपाली समय अनुसार मंगलबार राती १० बजेदेखि संसारभर फेसबुक सञ्चाल अवरुद्ध भएको थियो ।

त्यसैगरी, अमेरकी सेयरबजारमा फेसबुकको शेयर बिक्री ५ प्रतिशत गिरावट आएको समेत अन्तराष्ट्रिय सञ्चार माध्यमको भनाई छ ।

 साथै, जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलरमा समेत आएकाे छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।