इथेरियमको मूल्य १० वर्षमा १० गुणाले बढ्न सक्ने साेधकर्ताकाे दावी, बिटक्वाइन कति पुग्ला ?

Oct 05, 2021 04:03 PM Merolagani



विश्वभरमा क्रिप्टोकरेन्सी बिटक्वाईनकै चर्चा छ । हाल विश्वकै डिजिटल वा भर्चुअल करेन्सीमध्ये बिटक्वाईनको मूल्य सबैभन्दा धेरै रहेको छ । जसकारण पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बिटक्वाइनमा रहेको पाइएको छ । आउदो महिनासम्म ६४ हजार डलर पुग्ने अनुमान गरिएको छ ।

विश्लेषकहरुका अनुसार नोभेम्बरमा भने यसको मूल्य ९८ हजार डलर पुग्न सक्ने छ भने डिसेम्बरमा पुनः रेकर्ड तोड्दै एक लाख डलर पुग्ने आंकलन गरिएको छ । सन् २०२१ को अन्त्यसम्ममा बिटक्वाईनको मूल्य एक हजार ३५ हजार डलर पुग्नेछ जुन हालको मूल्य भन्दा तीन गुणा बढि हुनेछ ।

विश्वको अर्को चर्चित करेन्सी इथेरियमको मूल्य १० वर्षमा १० गुणाले बढ्ने

यसैगरी विश्वको अर्को चर्चित करेन्सी इथेरियमको मूल्य अहिले तीन हजार ३८३.४१ डलर बराबर रहेको छ । यसको बजार पूँजीकरण ३९८.५५ अर्ब डलर छ । रिसर्च वेबसाइट फाइन्डर र यूकेस्थित स्टान्डर्ड चार्टड बैंकको विश्वव्यापी सोध टिमका अनुसार सन् २०२१को अन्तिमसम्ममा यो चार हजार ५१२ डलरसम्म पुग्न सक्ने संभावना छ ।

यस्तै सन् २०२५ सम्ममा एक इथेरियमको मूल्य १९ हजार ८४२ डलरको स्तरसम्म पुग्ने सक्छ ।स्टाण्डर्ड चार्टडका अनुसार इथेरियमको कार्यक्षमता र दक्षतामा थप सुधार हुनेछ ।

५९ प्रतिशत प्यानलिस्टले अहिलेको समय इथेरियम किन्ने सहि समय भएको बताएका छन् । यस्तै २८ प्रतिशत प्यानलिष्टहरुले लगानिकर्ताहरुलाई इथेरियम होल्डम राख्न सल्लाह दिइरहेका छन् । स्टाण्डर्ड चार्टडले भने आगामी १० वर्षमा यसको मूल्य १० गुणाले बढेर २६ हजार डलर देहि ३५ हजार डलरसम्मको उचाइमा पुग्न सक्ने बताएको छ ।

यसैगरी यकातिर सन् २०२२ मा इथेरियम सबैभन्दा धेरै खरिदबिक्री हुने क्रिप्टोकरेन्सी हुने ५१ प्रतिशत फाइण्डर रिसर्च प्यानलको आकलन रहेको छ भने अर्कातिर ४९ प्रतिशत प्यानलिस्टहरुले बिटक्वाईनमा सर्वाधिक लेनदेन हुने अनुमान गरेका छन् ।

एजेन्सी ।

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।