मंगलबार ९६८ जनामा कोभिड १९ पुष्टि, ६ जनाको निधन

Oct 05, 2021 04:53 PM Merolagani



मंगलबार ९६८ जनामा कोभिड १९ पुष्टि भएको छ । २४ घण्टामा भएको ११ हजार ५८२ पीसीआर परीक्षणमा ७६२ जनामा र चार हजार ४६० एन्टिजेन परीक्षणमा २०६ जनामा कोभिड पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित तथ्यांकका अनुसार सोहि अवधिमा ६ जनाको निधन भएको छ । यस्तै एक हजार ११४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३१ जना, ललितपुरका ४१ जना र भक्तपुरका ३० जना छन् । हाल देशभरमा सक्रिय संक्रमण हुनेको संख्या १६ हजार २४८ रहेको छ ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।