मंगलबार ९६८ जनामा कोभिड १९ पुष्टि, ६ जनाको निधन

Oct 05, 2021 04:53 PM Merolagani



मंगलबार ९६८ जनामा कोभिड १९ पुष्टि भएको छ । २४ घण्टामा भएको ११ हजार ५८२ पीसीआर परीक्षणमा ७६२ जनामा र चार हजार ४६० एन्टिजेन परीक्षणमा २०६ जनामा कोभिड पोजिटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित तथ्यांकका अनुसार सोहि अवधिमा ६ जनाको निधन भएको छ । यस्तै एक हजार ११४ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका २३१ जना, ललितपुरका ४१ जना र भक्तपुरका ३० जना छन् । हाल देशभरमा सक्रिय संक्रमण हुनेको संख्या १६ हजार २४८ रहेको छ ।

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।