व्यवहारिक लगानी सिकाउने पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश

Oct 06, 2021 06:12 PM Merolagani



हरेक साता लगानी र अर्थ सम्बन्धि पुस्तककाे सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले पिटर लिन्चद्वारा लिखित पुस्तक ‘वान अप अन वाल स्ट्रीट’ काे सारंश प्रस्तुत गर्दै आएका छाैँ। आज साेही पुस्तक सारंशकाे तेस्राे भाग यहाँ प्रस्तुत गरिएकाे छ।

३) मलाई सफलतासम्म पुर्याउने व्यक्तिगत गुणहरु छन्?

धैर्यता, आत्मनिर्भरता, कमन सेन्स, दुःख सहन सक्ने क्षमता, स्वतन्त्र विचार, दृढता, विनम्रता, लचकता, स्वतन्त्र अनुसन्धान गर्ने चाहना, गल्ती स्वीकार्न सक्ने चाहना र सामान्य डरलाई बेवास्ता गर्न सक्ने क्षमता, आवश्यक गुणहरु हुन्।

‘मैले तपाईलाई दिनसक्ने राम्रो कुरा भनेको महान् लगानीकर्ता बन्नका लागि तपाईको आईक्यू एकदम राम्रो हुनुपर्छ भन्ने छैन। यति तपाईसँगै १६० आईक्यू छ भने ३० पोइन्ट कसैलाई बिक्री गर्नुहोस्, किनभने लगानी गर्न तपाईलाई त्यो चाहिँदैन। तपाईलाई चाहिने भनेको सहि स्वभाव हो। तपाईले अरुको विचार या अरुको धारणबाट आफुलाई टाढा राख्न सक्षम हुनुपर्छ।’–वारेन बफेट

मानविय स्वभाव र आफ्नो ‘गट फिलिङ्ग’ को विरोध गर्न सक्षम हुनु पनि महत्वपूर्ण हो। नियन्त्रणभन्दा बाहिरका समयको कुराहरु, जस्तै ब्याजदर, सर्ट टर्ममा स्टक मूल्य, मौद्रिक नीति, आदिलाई प्रयास नगर्नुहोस्।

‘पूर्ण या सहि जानकारी बिना निर्णय लिन सक्षम हुनु महत्वपूर्ण छ। वाल स्ट्रीटमा सबै कुराहरु कहिलेमा करिब स्पष्ट हुँदैन, अथवा जब त्यो स्पष्ट हुन्छ, त्यसबाट नाफा कमाउन निकै ढिलो भइसकेको हुन्छ। जुन वैज्ञानिक दिमागलाई सबै डाटा जान्ने जरुरत हुन्छ, त्यसलाई यहाँ असफल पारिदिन्छ।’

‘केहीले आफुलाई ‘दीर्घकालिन लगानीकर्ता’ बताउछन्, तर तबसम्म जबसम्म अर्को ठूलो गिरावट आउँदैन, र त्यो अवस्थामा उनीहरु शीघ्र अल्पकालिन लगानीकर्ता बन्छन् र ठूलो घाटामा अथवा कहिलेकाहि कम नाफामा बिक्री गर्छन्। यस तिव्र उतारचढावको व्यवसायमा डराउनु स्वभाविक र सजिलो हो।’


अध्याय ५ः के यो राम्रो मार्केट हो? कृपया नसोध्नुहोला

कम्पनीमा लगानी गर्नुहोस्, स्टक मार्केटमा होइन

कहिले पनि ‘के लगानीको लागि यो राम्रो मार्केट हो?’ भनेर नसोध्नु। प्राविधिक विश्लेषक, गोल्ड एक्सपर्ट, म्याक्रो इकोनोमिस्ट र पूर्वानुमान गर्ने सहित हजारौँ प्रोफेसनलहरु बजार, मन्दी, बुम र बुस्ट, मुद्रास्फिति, ब्याजदर, केन्द्रिय बैंकका नीति आदिको बारे भविष्यवाणी गर्ने कोशिस गर्छन्, तर उनीहरु कुनै कामलाग्ने अनुमान गर्न सक्षम भएका छैनन्।

‘अवश्यपनि, स्टकबाट पैसा कमाउनका लागि स्टक मार्केटको बारेमा भविष्यवाणी गर्न सक्षम हुनु पर्दैन, होइन भने म पैसा कमाउन सक्दिनथेँ।’

‘बजार अप्रासंगिक हुनुपर्छ। यदि म तपाईलाई यो एक कुरामा सहमत गराउन सकेँ भने, मलाई लाग्नेछ कि यस पुस्तकले आफ्नो काम गर्यो। र यदि तपाई मलाई विश्वास गर्नुहुन्न भने, वारेन बफेटलाई विश्वास गर्नुहोस्। ‘जहाँसम्म मेरो कुरा छ,’ बफेट लेख्छन्, ‘यहाँ कुनै स्टक मार्केट नै छैन। त्यो त्यहाँ कसैले मूर्खतापूण केही गर्छ कि भन्ने हेर्नका लागि मात्र छ।’

‘यसको मतलब यो होइन कि यहाँ ओभरभ्यालुड मार्केट जस्ता कुनै कुरा हुँदैन, तर त्यसमा चिन्ता गर्नुपर्ने कुनै कुरा छैन। तपाईले मार्केट ओभरभ्यालुड छ भन्ने तब थाहा पाउनुहुन्छ जब तपाईले यथोचित मूल्य भएका अथवा तपाईको मापदण्डसँग मेल खाने एक कम्पनी पनि पाउन सक्नुहुन्न।’

‘म बजारको पूर्वानुमान गर्नमा विश्वास गर्दिन। म राम्रा कम्पनीहरु खरिद गर्नमा विश्वास गर्छु–विशेषगरी त्यस्ता कम्पनी जुन अन्डरभ्यालुड र कम मूल्यवान छन्..... सही स्टक छान्नुहोस् र बजारले त्यसको हेरचाह आफै गर्छ।’

भाग २ः जित्ने उठाउनु

अध्याय ६ः टेनब्यागरको पिछा गर्नु

टेनब्यागरको खोजी गर्न सबैभन्दा राम्रो स्थान भनेको आफ्नो घरको वरिपरि हो। केबल तपाईले आफ्नो आँखा र दिमाग खुला राख्नुपर्छ। तपाई सपिङ्ग मल, कार्यालय, मेडिकल टेस्ट अफिस आदिमा विभिन्न कम्पनीहरुको सामना गर्नुहुन्छ। नयाँ जमानाको सस्तो, प्रयोग गर्न सजिलो, हाइ क्वालिटि क्यामराहरुले फोटो उद्योगलाई नै परिवर्तन गर्छ भन्ने कुरा थाहा पाउन तपाई कोडाकको कार्यालयमा काम गर्नुपर्छ भन्ने छैन। हुनसक्छ तपाई स्कुलमा कार्य गर्नुहुन्छ र तपाईले शिक्षकहरुको घण्टौँ समय बचाउने स्कुलको हाजिरी प्रणाली अटोमेटिङ्ग गर्ने कम्पनी देख्नु भएको हुनसक्छ। त्यस्ता कम्पनीहरुको बारेमा अनुसन्धान गर्नु लायक छ।

आफुले बुझ्न सक्ने कम्पनीहरुमा लगानी गर्नु महत्वपूर्ण छ र त्यसले कुनै निष्कर्ष दिन्छ। एक डाक्टर फार्मास्यूटिकल्स सहित स्वास्थ्य उद्योगका कम्पनीहरुको बारेमा राम्रोसँग बुझ्ने अवस्थामा हुन्छ। ज्ञान भएको मानिस जहिले पनि ज्ञान नभएको मान्छेलाई पछार्न सक्ने अवस्थामा हुन्छ। यदि तपाई व्यवसाय अथवा उद्योगमा हुनुहुन्छ भने, तपाईसँग डबल ज्ञान हुन्छ किनभने तपाई ग्राहकको रुचिका साथै त्यो कम्पनी कहिले खरिद गर्ने भन्ने थाहा हुन्छ।

आफुलाई थाहा भएको कम्पनीमा लगानी गर्नुहोस्।

(टेनब्यागर पिटर लिन्चले त्यस्ता लगानीहरुका लागि प्रयोग गर्ने शब्द हो जसले शुरुवाती खरिद मूल्यको १० गुणा बढी प्रतिफल दिन्छ।)




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।