ग्राफिक्स अपग्रेड गर्दै क्रसफाइरले ल्यायो डार्क एडिसनमा बाइक,बुकिङ समेत खुल्ला, कति पर्छ मूल्य ?

Oct 07, 2021 04:20 PM Merolagani



ग्राफिक्सलाई अपग्रेड गर्दै डार्क एडिसनमा क्रसफाइर २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले २५० को ग्राफिक्सलाई अपग्रेड गरी नयाँ बाइक डार्क एडिसनलाई बजारमा ल्याएको हो ।

ब्ल्याक थिममा आधारित यो नयाँ मोटरसाइकलको टेष्ट राइड समेत खुल्ला गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार राइडरले चक्रपथमा रहेको क्रसफयार मोटरसाइकलको शोरुममा गएर नयाँ बाइकलाई टेष्ट राइड गर्न सक्नेछन् ।

नयाँ बाइक डार्क एडिसनको इन्जिन र फिचर्समा भने कुनै परिबर्तन गरिएको छैन । ग्राफिक्समा गरिएको परिवर्तनका कारण यो बाइक पहिलेको तुलनामा थप आकर्षक र इन्डुरो प्रेरित रहेको देख्न सकिन्छ ।

 

अष्ट्रेलियन ब्रान्ड क्रसफायरको यो बाइकमा २५० सीसी क्षमताको वाटर कुलिङ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९ किलोवाट र टर्क २२.५ एनएम रहेको छ ।

कार्बुरेटरमा आधारित फ्युल सिस्टम जडान गरिएको यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।