ग्राफिक्स अपग्रेड गर्दै क्रसफाइरले ल्यायो डार्क एडिसनमा बाइक,बुकिङ समेत खुल्ला, कति पर्छ मूल्य ?

Oct 07, 2021 04:20 PM Merolagani



ग्राफिक्सलाई अपग्रेड गर्दै डार्क एडिसनमा क्रसफाइर २५० मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । क्रसफायर मोटरसाइकलको आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले २५० को ग्राफिक्सलाई अपग्रेड गरी नयाँ बाइक डार्क एडिसनलाई बजारमा ल्याएको हो ।

ब्ल्याक थिममा आधारित यो नयाँ मोटरसाइकलको टेष्ट राइड समेत खुल्ला गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार राइडरले चक्रपथमा रहेको क्रसफयार मोटरसाइकलको शोरुममा गएर नयाँ बाइकलाई टेष्ट राइड गर्न सक्नेछन् ।

नयाँ बाइक डार्क एडिसनको इन्जिन र फिचर्समा भने कुनै परिबर्तन गरिएको छैन । ग्राफिक्समा गरिएको परिवर्तनका कारण यो बाइक पहिलेको तुलनामा थप आकर्षक र इन्डुरो प्रेरित रहेको देख्न सकिन्छ ।

 

अष्ट्रेलियन ब्रान्ड क्रसफायरको यो बाइकमा २५० सीसी क्षमताको वाटर कुलिङ इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १९ किलोवाट र टर्क २२.५ एनएम रहेको छ ।

कार्बुरेटरमा आधारित फ्युल सिस्टम जडान गरिएको यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।