सिटिजन्स बैंकको मूल्य समायोजन

Oct 08, 2021 06:20 AM Merolagani



असोज २२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको १२.९१ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३५२ रुपैयाँ ४८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। गत बुधबार बैंकको शेयर प्रतिकित्ता ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१ प्रतिशत बोनस शेयर र ३.०८ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। यद्यपि, बैंकले साधारण सभाको मिति भने तय गरेको छैन।

यहि समायोजित मूल्यलाई आधारमा मानेर आइतबार बैंकको शेयर कारोबार खुल्नेछ।




५ कम्पनीको शेयरमूल्य समायोजन

Nov 28, 2025 06:34 AM

मंसिर १२ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा कृषि विकास बैंकको ३.२५ प्रतिशत, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत र सर्वोत्तम सिमेन्टको ५ प्रतिशत, ङादी ग्रुप पावरको ५ प्रतिशत र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन भएको हो।