प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता, कसले कुन मन्त्रालय पाए ? (सूचिसहित)

Oct 08, 2021 04:16 PM Merolagani



प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

सत्तारुढ गठबन्धनमा सहभागी दलहरूलाई समेटेर  प्रधानमन्त्रीले देउवाले डा.मिनेन्द्र रिजाललाई रक्षा, रेणु यादवलाई भौतिक पूर्वाधार, विरोध खतिवडालाई स्वास्थ्य, रामकुमारी झाँक्रीलाई सहरी विकास, देवेन्द्र पौडेललाई शिक्षा, दिलेन्द्रप्रसाद बडुलाई कानुन, प्रेमबहादुर आलेलाई पर्यटन, उमाकान्त चौधरीलाई खानेपानी तथा महेन्द्र राय यादवलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामसहायप्रसाद यादव वन तथा वातावरण , कृष्णकुमार श्रेष्ठ श्रम तथा रोजगार र महेश्वर जङ्ग गहतराज युवा तथा खेलकुद मन्त्री भएका छन् ।

गैर सांसद गजेन्द्र हमाललाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । भवानीप्रसाद खापुङलाई स्वास्थ्य राज्यमन्त्री र बोधकुमारी यादवलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी दिइएको छ ।

यस्तो छ सूची

 

 

 




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।