शुक्रबार ७६४ जनामा कोभिड १९ पुष्टि, १० जनाले ज्यान गुमाए

Oct 08, 2021 04:56 PM Merolagani



शुक्रबार ७६४ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार गत २४ घण्टामा भएको कुल १० हजार ६८८ परीक्षणमा सो संख्यामा कोरोना पोजिटिभ देखिएको हो ।जसमध्ये ९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जनामा र एक हजार २२२ एन्टिजेन परीक्षणमा ४९ जनामा कोभिड १९ पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ३२२ जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका २२९ जना, भक्तपुरका २५ जना र ललितपुरका ६८ जना हुन् ।

विगत एक दिनमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ३३ रहेको छ । यस्तै सोहि अवधिमा कोभिड १९ का कारण १० जनाको निधन भएको छ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।