शुक्रबार ७६४ जनामा कोभिड १९ पुष्टि, १० जनाले ज्यान गुमाए

Oct 08, 2021 04:56 PM Merolagani



शुक्रबार ७६४ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेट अनुसार गत २४ घण्टामा भएको कुल १० हजार ६८८ परीक्षणमा सो संख्यामा कोरोना पोजिटिभ देखिएको हो ।जसमध्ये ९ हजार ४६६ पीसीआर परीक्षणमा ७१५ जनामा र एक हजार २२२ एन्टिजेन परीक्षणमा ४९ जनामा कोभिड १९ पाइएको हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ३२२ जना रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंका २२९ जना, भक्तपुरका २५ जना र ललितपुरका ६८ जना हुन् ।

विगत एक दिनमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार ३३ रहेको छ । यस्तै सोहि अवधिमा कोभिड १९ का कारण १० जनाको निधन भएको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।