नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले ल्यायाे "नवरात्रीमा नबिलसँग नवलगानी" याेजना

Oct 10, 2021 12:11 PM Merolagani



नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले बडा दशैंको उपलक्ष्यमा शेयर बजारमा प्रवेश गर्न चाहने नव लगानीकर्ताहरुलाई लक्षित गरी आफुले घटीमा ९ लाख रुपैयाँबाट नवप्रवेशी लगानी व्यवस्थापन सेवा प्राप्त गरेमा प्रथम ९ महिनाको लागि बार्षिक सेवा शुल्क वापतको रकम निःशुल्क गर्नुका साथै बाँकी अवधिका लागि वार्षिक सेवा शुल्क वापत मात्र ०.९ प्रतिशत लिने भएकाे छ । 

यस्तो सेवा प्राप्त गरेवापत लगानी रकमको ९ प्रतिशतसम्म फाईदा भएमा सो भन्दा माथिको नाफामा ९ प्रतिशतका दरले पर्फमेन्स शुल्क कम्पनीले लगाउनेछ ।

घटीमा ३ वर्षको लागि लकिंग हुने यस्तो रकम सेवा प्राप्त गर्दा गर्दै सेवाग्राहीलाई बिचैमा रकम झिक्नु पर्ने अवस्था आएमा ०.९ प्रतिशतले नै हुन आउने शुल्क तिरी बाहिरीन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले आफ्नो फाईदा रकम जुनसुकै वेला बिना कुनै शुल्क झिक्न सक्नेछन् ।

नवरात्रीको अवसर पारेर लगानीदेखि मुनाफासम्म सबै ९ प्रतिशत देखि ०.९ प्रतिशतसम्मको शुल्क निर्धारण गरेको यो सेवा नवलगानीकर्ताहरुको लागि आम्दानीको एउटा राम्रो स्रोत हुनसक्ने देखिने भने विद्यमान लगानीकर्ताहरु तथा विभिन्न व्यवसायमा रहेका व्यवसायीहरु र शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा फलदायी हुने कम्पनीले जनाएको छ ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।