बीमा कम्पनीहरुले ३ अर्ब बढीको आईपीओ निष्काशन गर्दै, प्रकृया कहाँ पुग्याे?

Oct 16, 2021 06:09 PM Merolagani



नयाँ सञ्चालनमा आएका १० जीवन बीमा कम्पनीहरुमध्ये पाँचले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेका छने भने बाँकी पाँचले भने अहिलेसम्ममा शेयर निष्काशन गरेका छैनन् ।

नयाँ जीवन बीमा कम्पनीहरुमा ज्योति लाइफ, युनियन लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ र प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि आईपीओ निष्काशन गरिसकेका छन् । रिलायवल नेपाल, सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफले सर्वसाधारणका लागि ३ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेका छन् ।

आईपीओ निष्काशन गर्न बाँकि रहेका पाँच कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत बराबरको शेयर निष्काशन गर्नेछ ।

नयाँ जीबन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै एक अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स गरि चारवटै कम्पनीले ६० करोड रुपैयाँका दरले २ अर्ब ४० करोड रुपैयाँको आईपीओ निष्काशन गरेर बीमा समितिले तोकेको न्यूनतम दुई अर्ब चुक्ता पूँजी कायम गर्ने तयारीमा रहेका छन् ।

हाल यी चारवटै कम्पनीहरुको संस्थापकहरुबाट एक अर्ब ४० करोड रुपैयाँ पूँजी चुक्ता पुर्याइसकेका छन् । प्रत्येक कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपिओ जारी गर्दा सबै कम्पनीहरुको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार दुई अर्ब कायम हुनेछ ।

आईपीओ निष्काशन गर्ने प्रकृया कहाँ पुग्यो?

सिटिजन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशत अर्थात ७५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्नेछ ।आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी नयाँ बीमा कम्पनीमध्येकै सबैभन्दा धेरै दुई अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

सिटिजनको आईपीओलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबीबी (त्रिपल बी) रेटिङ्ग प्रदान गरेको छ । त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ । यस्तै, कम्पनीले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित रहेको जनाउँछ ।

कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सले पनि जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव तेस्रो वार्षिक साधारण सभाले पारित गरिसको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

रिलायवल र सन नेपालले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये रिलायवल लाइफ र सन नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । दुबै कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्न बीमा समितिबाट अनुमति समेत पाइसहेका छन् ।

रिलायवल लाइफ इन्स्योरेन्सले भने आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगिसकेको छ । कम्पनीले प्रिमियम सहित प्रति कित्ता २१२ रुपैयाँका दरले ६० लाख कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । यद्यपी कम्पनीले आईपीओ निष्काशनको अनुमति भने पाएको छैन् ।

यस्तै सन नेपाल लाइफलाई पनि प्रिमियममा आईपीओ निष्काशन बीमा समितिले अनुमति दिएको छ । तर कति मूल्यमा शेयर निष्काशन गर्ने भन्ने विषयमा निर्णय भएको छैन् ।
सन नेपाल लाइफले आईपीओको रेटिङ्ग समेत गराइसकेको छ । सन नेपाल लाइफको आईपीओलाई केयर रेटिङ्ग नेपालले ग्रेड ४ दिएको छ । जसले औसत भन्दा कमजोर वित्तीय अवस्था रहेका कम्पनी भन्ने जनाँउछ ।

सन नेपाल लाइफले गत फागुन ४ गतेको साधारण सभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

नयाँ बीमा कम्पनीहरुमा तीन निर्जीवन बीमा र पाँच जीवन बीमा कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । आईपीओ निष्काशन गर्नेमा निर्जीवन बीमा तर्फ अजोड इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्स नेपाल रहेका छन् । यस्तै जीवन बीमा तर्फ रिलायन्स लाइफ, ज्योति लाइफ, युनियन लाइफ, सानिमा लाइफ र प्रभु लाइफ रहेका छन् ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।