सफल बीमा अभिकर्ता कसरी बन्ने ? १० टिप्स् ।

Oct 14, 2021 07:42 AM Merolagani



जीवन बीमा व्यवसायमा अभिकर्ताहरुको ठूलो योगदान रहेको हुन्छ । अभिकर्ता बन्न चाहाने वा बनेकाहरु सबै सफल नहुन पनि सक्छन् । तर सफल अभिकर्ता बन्नको ध्यान दिनुपर्ने केही कुराहरु हुन्छन् जसलाई हरेक अभिकर्ताले पालना गरेमा सफल अभिकर्ता बन्न सकिन्छ ।

सफल बीमा अभिकर्ता बन्ने १० टिप्स् 

१. हरेक दिन नयाँ नयाँ साथिहरु बनाउने

२. हरेक दिन कम्ती ३ जना सम्मलाई भेट्ने सयम निकाल्ने

३. कहिल्यै पनि फोनवाटै बीमा पोलिसी बेच्ने प्रयास नगर्ने

४. ग्राहकलाई सधै घरमै भेट्ने, पसल वा कार्यलयमा कहिल्यै भेट्न जानुहुदैन ।

५. एक सफल  व्यवसायीको जस्तो ब्यवहार गर्ने, जो कोहि पनि सफल व्यक्तिसंगको संगत मन पराउछन ।

६. संभावित ग्राहकको घरमा जादा त्यतिकै नजानुहोस्, आवश्यक कागजपत्र सहित जानुपर्दछ ।

७. अभिकर्ता ग्राहकसंग सुरुमा धेरै नबोल्ने, ग्राहकको जिज्ञास भएपछि राम्रोसंग बुझाउने ।

८. बीमा संम्झौता गर्दा धेरै प्रिमियमको माग गर्नुपर्दछ ।

९. कहिल्यै पनि बीमाधन बेच्नु हुदैन्, बरु धेरै प्रिमियम बेच्नुपर्छ त्यो पनि दैनिक ।

१०. ग्राहकले सम्पर्क गर्न खोज्दा जहिले पनि सम्पर्कमा रहिरहनु पर्दछ । अभिकर्ता सदैब इमन्दार हुनुपर्दछ ।

 




नेप्सेले तोकेको ओपनिङ रेन्जमा रिलायन्स स्पिनिङ मिल्सको असन्तुष्टि

Feb 14, 2026 09:36 AM

'कम्पनीको वास्तविक वित्तीय अवस्थालाई बेवास्ता गरियो' रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो शेयरको पहिलो कारोबारका लागि तोकेको मूल्य सीमा (ओपनिङ रेन्ज) प्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।