मध्य भोटेकोशीको आईपीओमा साढे २१ लाखको आवेदन, ४ गुणा बढी शेयर माग

Oct 10, 2021 06:07 PM Merolagani



मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा आइतबार साँझसम्ममा साढे २१ लाख भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार २१ लाख ५९ हजार २६ आवेदकबाट ३ अर्ब २९ करोड ७७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड २९ लाख ७७ हजार १७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई छुट्याएको ८१ लाख ९० हजार कित्ता ४.०३ गुणा बढी हो ।

कम्पनी असोज २० गते बुधबार देखि सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गेरको शेयरमा भोलि असोज २५ गतेसम्ममा आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविक ( बाह्रबिसे नगरपालिका ५, मामिङ गाविस (भोटेकोशी गाँउपालिका) मा रन अफ रिभरमा आधारित १०२ मेगाबाट क्षमताको मध्य मोटेकोशी जलविद्युत आयोजनाको निर्माण गररहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ६० करोड रुपैयाँ र सर्वसाधारणलाई ९० करोड रुपैयाँ गरी एक अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।