नेरुडे लघुवित्तको लाभांश घोषणा, बोनस कति?

Oct 11, 2021 10:45 AM Merolagani



नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २१.४८ प्रतिशत अर्थात १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत अर्थात ५५ लाख ८५ हजार ३९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

लघुवित्तको हालको चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ।े वितरण गर्न घोषणा गरेको बोनस शेयरपछि लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्ने छ।




सालपा विकास बैंकको आईपीओ बाँडफाँट

Jan 09, 2026 10:03 AM

पुस २५ गते, शुक्रबार, सालपा विकास बैंक लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बैंकले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ यस दिन बाँडफाँट भएको हो।