नेरुडे लघुवित्तको लाभांश घोषणा, बोनस कति?

Oct 11, 2021 10:45 AM Merolagani



नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई २१.४८ प्रतिशत अर्थात १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत अर्थात ५५ लाख ८५ हजार ३९० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

लघुवित्तको हालको चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार रुपैयाँ रहेको छ।े वितरण गर्न घोषणा गरेको बोनस शेयरपछि लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ पुग्ने छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।